आईसीसी ‘एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा परेका पूर्वकप्तान खड्कालाई कसरी भोट गर्ने ? | Khabarhub Khabarhub

आईसीसी ‘एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा परेका पूर्वकप्तान खड्कालाई कसरी भोट गर्ने ?


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘पारस खड्का दाइलाई एसोसियट क्रिकेटर अफ दि डिकेट बनाउन सकिएन भने नेपालमा टेस्ट राष्ट्रभन्दा ठूलो फ्यान फ्लोइङ छ भन्नुको कुनै तुक छैन,’ सामाजिक सञ्जाल फेसबुकमा रमेश खतिवडाले लेखेका छन् ।

खतिवडाले मंगलबार पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको अर्वाडको सूचीमा परेपछिको दोस्रो दिन लेखेका हुन् ।

अरुन शिवा नाम गरेको फेसबुक ह्यान्डलबाट लेखेका छन्, ‘आई भोटेड फर पारस खड्का फ्रम इन्डीया ।’ सलिक ओली क्षेत्रीको फेसबुक ह्यान्डलबाट लेखिएको छ, ‘मैले तिनवटा मेल आइडी बनाएर भोट गरिसके ।’

मंगलबार बेलुका आईसीसीको साइटमा पारससहितका मनोनयनमा परेका खेलाडीहरुको नामको सूची इरर देखाइरहेको थियो ।

साइटमा इररभन्दा पनि नेपाली समर्थकले विभिन्न प्रतिक्रियाहरु दिइरहेका थिए । जसमा एलिना निरौलाले लेखेकी छिन्, ‘आईसीसीले पोष्ट उडायोकी के हो ? यस्तो भन्छ । कि एकै चोटी धेरै भोट हुरुरु भएर सर्भर डाउन भयो ?’

चिनो हराएको मान्छे ह्यान्डलबाट लेखिएको छ, ‘एउटा भोट मात्रै दिन पाइने हो कि अरु नि मिल्छ जानकारी पाए हुन्थ्यो ?’ यस्ता यस्तै जिज्ञासा भरिएका रमाइला प्रतिक्रियासँगै पारसको समर्थनमा सामाजिक सञ्जालमा क्याम्पिएन भइरहेको छ । सन् २००९ मा नेपाली टोली नेतृत्व गरि सन् २०१९ सम्म टोलीको कप्तानी सम्हालेका खड्काले नेतृत्व गरेका थिए ।

त्यसक्रममा नेपाली क्रिकेट कहिले अन्तर्राष्ट्रिय प्रतिबन्धमा रह्यो भने कहिले आन्तरिक किचलोका कारण समस्यामा रह्यो ।

क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) झण्डै ४ वर्ष अन्तर्राष्ट्रिय प्रतिबन्धमा रहँदा उनले नेपाली क्रिकेट टीमका लागि गरेको नेतृत्व अविश्मरणीय छ । उक्त समयमै नेपालले सन् २०१८ मा ४ वर्षका लागि एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पाएको हो ।

जसलाई जोगाउन नेपालसामु सन् २०२३ सम्मको समय रहेको छ । नेपाली टोली डिजिन ५ बाट तल आउन प्रयत्न गरिरहँदा टोलीको नेतृत्व गरेका उनले कप्तानीमात्रै राम्रो गरेनन् । टोलीलाई आवश्यक पर्दा कप्तानी पारी समेत खेले । त्यसैक्रममा उनले कतिपय किर्तिमानी बनाएका छन् । जुन कसैले तोड्न मुस्कील । जस्तो कि नेदरल्याण्डसँगको पहिलो एकदिवसिय खेलमा उनले बनाएको शतक ।

के हो अवार्ड
आईसीसीले टेस्ट क्रिकेटदेखि ओडिआईसम्म र महिला पुरुषतर्फ गरी १० वटा विधामा अवार्ड घोषणा गरेको छ । जसमा पूर्व कप्तान खड्का एसोसियटतर्फका दशकका उत्कृष्ट क्रिकेटरको मनोनयमा परेका छन् । जसमा नेदरल्याण्ड, स्कटल्याण्ड र नामिबियाका खेलाडी छन् । ६ जना नै उत्कृष्ट खेलाडी हुन् ।

नेपाललाई क्रकेटमा एसोसियट राष्ट्रहरमा सबैभन्दा बढी प्रशंसक भएको मुलुक भनिन्छ । यो अवार्ड अनलाइन भोटिङमार्फत् विजेता चुनिने हुँदा पारसले सर्वाधिक भोट पाउने सम्भावना बलियो छ । डिसेम्बर १८ मा यो अवार्ड वितरण हुनेछ । जसमा अनलाइन भोटिङ मुख्य आधार रहेको छ ।

कसरी गर्ने भोट
आईसीसीले सार्वजनिक गरेको मनोनयनको लिङ्कमा क्लिक गरेर आफुले मन पराएका खेलाडीलाई सामाजिक सञ्जाल प्रयोग कर्ताले भोट गर्न सक्नेछन् ।

भोटका लागि आईसीसीले भोटरको जिमेल आइडी अनिवार्य राखेको छ । आफ्नो पुरा नाम र जिमेल आइडी दिइसकेपनि तपाईंले गरेको भोट आईसीसीले कन्फर्म गर्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ११ : ३४ बजे

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन