विमानस्थलमा गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङहेले जब कुइनो जुँधाए | Khabarhub Khabarhub

विमानस्थलमा गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङहेले जब कुइनो जुँधाए


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एकदिने नेपाल भ्रमणका लागि चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहे काठमाडौँ आएका छन् ।

उनलाई स्वागत गर्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थल पुगेका थिए । विमानस्थलमा आइपुगेका फेङहेलाई गृहमन्त्री थापाले स्वागत गर्दै दुई जनाले कुइनो मिलाएको दृश्य निक्कै हेर्न लायक थियो ।

गृहमन्त्री बादल रक्षासचिव सहितको दलबल लिएर विमानस्थल पुगेका थिए । उनका हातमा आर्कषक पुष्पगुच्छा थियो ।

चिनियाँ सैनिक विमान विमानस्थलमा अवतरण गर्यो । त्यसको केही छिनमा सैनिक पोशाकमा ठाँटिएका रक्षामन्त्री वेइ फेङहे सहित २१ जनाको टोली विमानस्थलस्थित विशिष्ठ कक्षमा आइपुग्यो ।

गृहमन्त्री थापाले पहिला अभिवादन गरे । पुष्पगुच्छा थमाए । अनि हात अगाडी बढाए । रक्षामन्त्री फेङहेले गृहमन्त्री थापासँग हात मिलाउनुको साटो आफ्नो कुईनो अघि सार्दै कोभिडमा हात मिलाउने तरिका यस्तो भन्दै देखाए ।

गृहमन्त्री थापा र रक्षामन्त्रीको कुम मिलाइका यी दृश्य निक्नै हेर्न लायक छन् । रक्षामन्त्री फेङहेले पछि सचिवसँगपनि कुम नै मिलाएका थिए ।

कोभिड–१९ को महामारीपछि नमस्तेसँगै नयाँ पुस्तामा यो कुम मिलाउने चलन फस्टाएको छ । तर चीनको जनसेनाका उच्च तहमा रहेका फेङहेले नै यति सहज रुपमा कुम अघि सारेको देख्दा उनको स्वागतमा गएका अधिकारीहरु अचम्ममा परेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १ : ११ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– लेदोसहितको पहिरोले बीपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक

कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस्

काठमाडौं- स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको ठाउँ हो- भान्साकोठा । हामी