बैठक बस्न नचाहनेलाई महासचिवले साथ दिन हुन्न : बामदेव गौतम « Khabarhub

बैठक बस्न नचाहनेलाई महासचिवले साथ दिन हुन्न : बामदेव गौतम


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न नचाहनेलाई महासचिवले साथ दिन नहुने बताएका छन्।

पार्टीभित्र देखिएका विवाद छलफलका लागि पाँच सचिवालय सदस्यले बैठक माग गरे पनि ढिलाइ भएको प्रसंग निकाल्दै उनले यस्तो बताएका हुन् ।

शनिबार बसेको सचिवालय बैठकमा आफ्नो धारणा राख्दै गौतमले भनेका छन्,’पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ ।’

बैठकको व्यवस्थापन मिलाउन नसक्दा पार्टीमा समस्या देखिएको गौतमको भनाइ छ। उनले पौडेललाई थप प्रश्न गरे, ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु ?’

उपाध्यक्ष गौतमले शनिबार सचिवालयमा प्रस्तुत गरेको धारणा आइतबार उनको सचिवालयले सार्वजनिक गरेको छ।

प्रस्तुत छ छ गौतमले राखेको धारणाको सम्पादित अंश-

मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ।

वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु। पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन्।

चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ। किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ।

यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ। बैठक बस्न छलफल गर्न सुरू गर्दा साथ पार्टीको पुनर्जीवन सुरू भइहाल्छ।

यो बैठक बस्ने वातावरण बनाउन जोजसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यबाद छ।

बैठकमा आफूलाई लागेको कुरा खुलाखुलस्त, बिनालप्पनछप्पन, मौखिकलिखित रुपमा विचार राख्नु हुने दुबै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु।

बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ।

पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ।

यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु ?

यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो। बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनु हुन्न।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : २८ बजे

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय

सर्लाही–१ मा रास्वपाकी नीतिमा कार्की निर्वाचित

मलङ्गवा– सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा  राष्ट्रिय