उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई अर्थमन्त्री पौडेलको आग्रह « Khabarhub

उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई अर्थमन्त्री पौडेलको आग्रह


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

नेपाल उद्योग परिसंघका पदाधिकारहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड-१९ का कारण सिर्जित प्रतिकूलताका बाबजुत पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रको प्रोत्साहन र प्रवर्द्धन गर्न नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म सुझाव लिएर काम गर्ने बताए।

“निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि निरन्तर दोहोरो संवादमा रहनुपर्छ,” उनले भने, “आजको छलफल छलफलको अन्त्य होइन, सुरूआत हो।”

उद्योगी तथा व्यावसायहरूलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यवसायी निरन्तरता कर्जालगायतका कार्यक्रमहरू ल्याएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने उनले बताए।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरूले कोभिड-१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : ३२ बजे

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा