हात्तीले घर भत्कायो « Khabarhub

हात्तीले घर भत्कायो


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जंगली हात्तीको बथान गाउँमा प्रवेश गर्दा झापाको कमल–५ टुकुरेका बासिन्दा रातभर त्रसित भएका छन् ।

राती गाउँ पसेका ५/६ ओटा हात्तीलाई सुरक्षा निकायको सहयोगमा धपाईएको वडाअध्यक्ष डम्बर बहादुर निरौलाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दमकबाट साईरनसहितको गाडी रातभरि हात्ती धपाउन कुदाईएको थियो भने सो बस्ती नजिकै रहेको सशस्त्र प्रहरी तालिम केन्द्रबाट एक टोली नै राति हात्ती धपाउन परिचालित भएको उनले बताए ।

हात्ती धपाउने क्रममा ४/५ घरमा क्षती पुर्‍याएको पाईएको र थप विवरण संकलनको क्रममा रहेको वडाअध्यक्ष निरौलाले बताए । सो स्थानमा बारम्बार जंगली हात्तीले दुःख दिने गरेको छ ।

हात्ती गाउँमा पसे पछि सर्वसाधारणहरुले भागेर ज्यान बचाएका छन् । निरौलाका अनुसार एक्कासी उत्तरी चुरे क्षेत्रबाट प्रवेश गरेको हात्तीको समुहले एकाएक घर भत्काएपछि त्यहाँ भागाभाग भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : ३५ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको