देउवालाई भेट्न बुढानिलकण्ठ पुग्यो चिनियाँ टोली « Khabarhub

देउवालाई भेट्न बुढानिलकण्ठ पुग्यो चिनियाँ टोली


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोको टोली देउवालाई सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेको थियो ।

भेटका क्रममा नेपाल–चीन सम्बन्धका बारेमा छलफल भएको छलफलमा सहभागी परराष्ट्रविद् डाक्टर दिनेशचन्द्र भट्टराईले बताए ।

उनले भने, ‘भेटका क्रममा दुई देशको सम्बन्धका बारेमा कुराकानी भयो । सरकारमा रहँदा र बाहिर रहँदा पनि चीनप्रति नेपाली कांग्रेसको समान धारणा रहेको बताएको भन्दै उहाँले प्रशंशा गर्नुभयो ।’

भेटका क्रममा सभापति देउवाले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एकसय वर्ष पुगेकोमा बधाई दिएकोसमेत डाक्टर भट्टराईले बताए ।

उनले भने, ‘सभापतिजीले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पुगेकोमा शुभकामना दिनुभयो । उहाँहरुले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एकसयवर्ष पुगेको अवसरमा हुने कार्यक्रमका लागि सी चिन पिङको निम्तो पनि दिनुभयो ।’

छलफलका क्रममा कांग्रेस नेता वीपी कोइरालाले नेपाल चीन सम्बन्ध गाँस्नका लागि आधारशिला खडा गर्न योगदान दिएको विषयमा समेत चर्चा भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : ०३ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख