प्रधानमन्त्री कपको बाग्मतीको छनोट बिहीबारबाट « Khabarhub

प्रधानमन्त्री कपको बाग्मतीको छनोट बिहीबारबाट


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारदेखि राजधानीमा शुरु हुने भएको छ ।

प्रतियोगितामा बाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट सङ्घले जनाएको छ । सो प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने सङ्घले जनाएको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौँ, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र त्रिभुवन विश्वविद्यालय टोली छन् । छनोट प्रतियोगिताको उद्घाटन खेल काठमाडौं र भक्तपुरबीच हुनेछ । उक्त प्रतियोगिता पुस २१ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : १५ बजे

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन