प्रधानमन्त्री कपको बाग्मतीको छनोट बिहीबारबाट « Khabarhub

प्रधानमन्त्री कपको बाग्मतीको छनोट बिहीबारबाट


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारदेखि राजधानीमा शुरु हुने भएको छ ।

प्रतियोगितामा बाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट सङ्घले जनाएको छ । सो प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने सङ्घले जनाएको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौँ, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र त्रिभुवन विश्वविद्यालय टोली छन् । छनोट प्रतियोगिताको उद्घाटन खेल काठमाडौं र भक्तपुरबीच हुनेछ । उक्त प्रतियोगिता पुस २१ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : १५ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका