ओलीले संविधानमाथि 'बलात्कार' गरे– झलनाथ खनाल | Khabarhub Khabarhub

ओलीले संविधानमाथि ‘बलात्कार’ गरे– झलनाथ खनाल


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि बलात्कार गरेको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड माधव समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्नेक्रममा उनले पटक पटक सडकमा आउने रहर नभएपनि प्रधानमन्त्री ओलीले बाध्य पारेको बताए ।

सम्बोधन गर्दै नेता खनालले भने, ‘अहिले देशभरबाट राजनीतिक दल, नागरिक समाज सडकमा उत्रिएका छन् । हामीलाई हरेक पटक सडकमा आउन रहर होइन । केपी ओली जस्ता तानाशाहले लोकतन्त्रलाई खोस्ने प्रयास गरेका छन् । संविधानमाथि बलात्कार गरेका छन् । त्यसैले बाध्य भएर सडकमा उत्रनु परेको छ ।’

उनले बालुवाटार अहिले तानाशाहको एक गुट मात्र रहेको बताए । जनताले लोकतन्त्रको रक्षा गर्दै देशको विकास र समृद्धिका लागि दिएको भोट प्रधानमन्त्री ओलीले दूरुपयोग गरेको आरोप लगाए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  २ : ४८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र