चिनियाँ प्रतिनिधिमण्डल र सभापति देउवाबीच भेटवार्ता « Khabarhub

चिनियाँ प्रतिनिधिमण्डल र सभापति देउवाबीच भेटवार्ता


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको छ।

सभापति शेरबहादुर देउवासँग भेट्न चिनियाँ टोली बुढानिलकण्ठ पुगेको थियो । भेटका क्रममा नेपाल-चीन सम्बन्धका बारेमा छलफल भएको छलफलमा सहभागी परराष्ट्रविद् डाक्टर निदेशभन्द्र भट्टराईले बताए ।

उनले भने,‘भेटका क्रममा दुई देशको सम्बन्धका बारेमा कुराकानी भयो । सरकार रहँदा र बाहिर रहँदा पनि चीनप्रति नेपाली कांग्रेसको समान धारणाको उहाँले प्रशंसा गर्नुभयो ।’

भेटका क्रममा सभापति देउवाले चिनिया कम्युनिस्ट पार्टी स्थापनाको एकसय वर्ष पुगेकोमा बधाई दिएको समेत डाक्टर भट्टराईले बताए ।

उनले भने,‘सभापतिजीले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पुगेकोमा शुभकामना दिनुभयो । उहाँहरुले चिनिया कम्युनिस्ट पार्टीको स्थापनाको एकसयवर्ष पुगेको अवसरमा हुने कार्यक्रमका लागि सि चिन पिङको निम्तो पनि दिनुभयो ।’

छलफलका क्रममा कांग्रेस नेता बीपी कोइरालाले नेपाल-चीन सम्बन्ध गाँस्नका लागि आधारशीला खडा गर्न योगदान दिएको विषयमा समेत चर्चा भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : १७ बजे

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया