नवनियुक्त मन्त्रीहरुको काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

नवनियुक्त मन्त्रीहरुको काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हालै नियुक्त गरेका नयाँ मन्त्रीहरुको काममा रोक लगाउन मान राख्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

नवनियुक्त मन्त्रीहरुको काममा रोक लगाउन माग राख्दै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले रिट दायर गरेका हुन ।

उनले मन्त्री नियुक्ति तथा हेरफेर अवैधानिक भएको जिकिर गर्दै उनीहरुको काममा रोक लगाउनमा रिट दायर गरेको बताए ।

उनले भनेका छन्, “मन्त्रीहरुको नियुक्ति तथा हेरफेर अवैधानिक हो, उनीहरुको काममा रोक लगाउन अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेको हुँ ।”

उक्त रिटमा सर्वोच्चले भोलिकै लागि पेशी तोकेको उनले जानकारी दिए ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सात जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुका साथै केही मन्त्रीहरूको जिम्मेवारी हेरफेरसमेत गरेका थिए ।

यसअघि हिजो पनि मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका थिए । उक्त रिट निवेदनको पेसी बुधबारका लागि नै तोकिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : ४० बजे

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया