५.५७ अंकले बढ्यो नेप्से « Khabarhub

५.५७ अंकले बढ्यो नेप्से


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे पाँच अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्ला दिनमा झिनो अङ्कले उकालो लाग्दै आएको नेप्सेले आज पनि सोही गति समात्यो । नेप्से ५.५७ अङ्कले उकालो लागि दुई हजार १२.८९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१३ ले घटेर ३८२.४४ पुगेको छ ।

कूल २०९ कम्पनीका ८० लाख एक हजार ३१४ कित्ता शेयर रु चार अर्ब नौ करोड २२ लाख २७ हजार ८०२ मूल्यमा खरिदबिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

निर्जीवन बीमा ११.८५, उत्पादन १९५.९ अन्य ५०.०७ र लघुवित्त ११.३७ अंकले बढ्दा बैंकिङ ९.७, व्यापार ३.२२, होटल ४.५४, विकास बैंक १८.९५, वित्त २.१५, जीवन बीमा ७०.०२ र सामूहिक लगानी कोष ०.०१ अंकले घटेको छ ।

कारोवारका आधारमा नविल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ५३ करोड एक लाख ७७ हजार ९९० बराबरको कारोवार भयो ।

यस्तै शिवम् सिमेन्ट्सको रु २७ करोड ९३ लाख ८० हजार ६४२, ग्लोबल आइएमई बैंकको रु २३ करोड ५० लाख ८७ हजार ७०५, हिमालयन डिष्टिलरीको रु २० करोड आठ लाख १३ हजार १०४, नेपाल लाइफ इन्स्योरेन्सको रु १८ करोड ९८ लाख ३५ हजार १३७, नेपाल पुर्नबीमा कम्पनीको रु १८ करोड ७७ लाख ३८ हजार ५४७ र एनआइसी एसिया बैंकको रु १५ करोड छ लाख ५९ हजार १६७ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

नागरिक लगानी कोषका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाए । यस्तै नारायणी डेभलपमेन्ट बैंक ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ७.५०, शिवम् सिमेन्टस् ५.६७, हिमालय डिष्टिलरी ४.८६ र एसविएल डिबेञ्चर २०८२ का लगानीकर्ताले ३.९७ प्रतिशतले कमाएका छन् ।

यसैगरी मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले छ प्रतिशतले गुमाएका छन् । सेन्ट्रल फाइनान्स ४.०९, मितेरी डेभलपमेन्ट बैंक ३.८६, युनाइटेड इदिमर्दी हाइड्रोपावर ३.७७, राधी विद्युत् कम्पनी ३.५३ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : ०४ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि