लिङ्देनको नेतृत्वमा पुनः लिम्बूवान आन्दोलन शुरु « Khabarhub

लिङ्देनको नेतृत्वमा पुनः लिम्बूवान आन्दोलन शुरु


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– तीन तहको निर्वाचनपछि साम्य बनेको लिम्बूवान आन्दोलन पुनः  शुरु भएको छ ।

शुरुवाती समयदेखि नै लिम्बूवान आन्दोलनको अग्र मोर्चा सम्हाल्दै आएका कुमार लिङ्देनको नेतृत्वमा पुन आन्दोलन शुरु भएको हो ।

यसैक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चले मंगलबार दमकमा बिरोधसभा गरेको छ । संघीयता र परिवर्तनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै मञ्चले सभा गरेको जनाएको छ ।

विरोधसभामा सहभागी हुन विभिन्न ठाउँका कार्यकर्ताहरु दमक आएका थिए । कार्यकर्ताहरुको जुलुस नगरका विभिन्न भागको परिक्रमापछि गणतन्त्र चोकमा विरोधसभामा परिणत भएको थियो ।

सभामा बोल्दै अध्यक्ष कुमार लिङ्देनले पहिचानको विरोध गर्नेहरु आफैं टुक्रा टुक्रा भएर विभाजन भएको तर्क गरे ।

संघीयता पछि प्राप्त उपलव्धीहरुलाई कमजोर बनाउन र लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताका विरुद्धमा गतिविधि हुन थालेको भन्दै उनले त्यस्ता कार्यकाविरुद्ध मञ्चले प्रतिरोध गर्ने चेतावनी दिए ।

सभामा बोल्ने अन्य वक्ताहरुले पनि लिम्बूवान राज्य प्राप्ति नभए सम्म आन्दोलन नरोकिने बताएका थिए ।

तत्कालीन पूर्वाञ्चलका ९ जिल्लालाई लिम्बूवान राज्य घोषणा गर्न माग गर्दै आन्दोलन गर्दै आएको लिम्बूवान निर्वाचनपछि अंकगणितीय रुपमा कमजोर बनेको थियो ।

मधेश केन्द्रित दलहरु एकीकरण हुँदै पछिल्लो पटक जनता समाजवादी पार्टी बन्दासम्म लिम्वूवान आन्दोलन गर्दै आएका केही घटक त्यसमा समाहित भइसकेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ७ : २६ बजे

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया