तातोपानी नाकामा कोरोना हेल्थ डेस्क स्थापना | Khabarhub Khabarhub

तातोपानी नाकामा कोरोना हेल्थ डेस्क स्थापना


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन ।

डेस्कमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको र कोरोना भाइरसको लक्ष्यण देखिएमा बिरामीलाई तत्काल काठमाडौ अस्पतालमा पठाइने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए ।

तिब्बती भूभागमा हाल हिमपात भई सडक बन्द भएको र ल्होछार पर्वसमेत परेकाले एक सातादेखि चीनबाट सामान आयात बन्द गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव वलीले जानकारी दिए ।

अध्यागमन कार्यालयका अनुसार खासा क्षेत्रमा शुरुदेखि नै चिनियाँ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरी सामान्य ज्वरो आएका व्यक्तिलाई पनि नेपाल प्रवेशमा रोक लगाउँदै आएको छ ।

विसं २०७२ को भूकम्पबाट बन्द रहेको नाका गत जेठ १५ गते पुनः सञ्चालनमा आएको थियो । एक दिने पासको व्यवस्था भए पनि नेपाली कामदालाई चिनियाँ पक्षले खासाभन्दा माथि प्रवेश निषेध गरेको छ ।

त्यहाँ जाँदा पनि बिहान गएर अपराह्न ३ बजे पुनः फर्कनुपर्ने बाध्यकारी नियम लागू गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ०३ बजे

बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा

बागमती– बागमती प्रदेश  सरकारले  चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको १३

नेपाल टेलिकमको स्प्रिङ अफर २०८० : यस्ता छन् भ्वाइस तथा डाटा प्याकेज 

काठमाडौं– नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न प्याक तथा

कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रण 

काठमाडौँ– राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट !

काठमाडौं– नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकले

चोभारबाट देखिएको २०८० काे अन्तिम सूर्यास्त (तस्बिरहरू) 

काठमाडौं– उपत्यका आसपासमा बस्ने मानिसहरू चोभारमा साँझको सूर्यास्त हेर्न जाने