जनताको सुखी जीवन-शहीदको मार्गदर्शन : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

जनताको सुखी जीवन-शहीदको मार्गदर्शन : प्रधानमन्त्री ओली


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गरेका छन् ।

शहीद दिवस २०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको आत्मबलिदानमार्फत् सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण गरे ।

जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा वीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुपरेको थियो । बलिदानको त्यही गाथालाई शहीद सप्ताहका रुपमा मनाउने गरिएको छ । सोही सङ्घर्षको भावभूमिबाट जनसङ्घर्षको ज्वार उठेर २००७ सालमा एक सय चार वर्षे लामो जहानियाँ राणा शासन अन्त्य भएको थियो ।

‘शहीदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संविधानसभामार्फत् संविधान जारी गरेर जनतालाई अधिकार सम्पन्न बनाउँदै संस्थागत गरेका छौं । लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्य व्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकार प्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा भएको छ ।’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विगतमा अधिकार प्राप्तिका लागि राष्ट्रिय जीवनको लामो कालखण्ड व्यतीत गरेपछि अब हामी विकास र समृद्धिको अभियानमा अग्रसर छौं । विकास र समृद्धिका लागि सुदृढ अर्थतन्त्र, सबल लोकतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनको चरणमा हामी उभिएका छौं ।’

प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा प्राप्तितर्फ हामी अभिमुख छौं । राष्ट्रको यस आकाङ्क्षा प्राप्तिका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहनुपर्ने र राष्ट्रको यस संकल्पलाई पूरा गर्न तीनै वटा तहका सरकारी अंगहरु, विभिन्न पेशा, क्षेत्र, व्यवसायमा सम्बद्ध जनसमुदायलाई तालबद्धताका साथ अघि बढ्न पनि आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले समाज र राष्ट्रको हितमा निस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने अमर शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ६ : ४१ बजे

धुलिखेल अस्पतालबाट बीमा सेवा हटाउने मन्त्रीको निर्णयप्रति असन्तुष्टि

काभ्रे– स्वास्थ्य मन्त्री प्रदीप पौडेल बीमाबाट स्वास्थ्य उपचारसम्बन्धी पछिल्लो निर्णयबाट

प्रदीप पौडेलको एक वर्ष- स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक वर्षमा आफूले

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन