जनताको सुखी जीवन-शहीदको मार्गदर्शन : प्रधानमन्त्री ओली « Khabarhub

जनताको सुखी जीवन-शहीदको मार्गदर्शन : प्रधानमन्त्री ओली


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गरेका छन् ।

शहीद दिवस २०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको आत्मबलिदानमार्फत् सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण गरे ।

जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा वीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुपरेको थियो । बलिदानको त्यही गाथालाई शहीद सप्ताहका रुपमा मनाउने गरिएको छ । सोही सङ्घर्षको भावभूमिबाट जनसङ्घर्षको ज्वार उठेर २००७ सालमा एक सय चार वर्षे लामो जहानियाँ राणा शासन अन्त्य भएको थियो ।

‘शहीदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संविधानसभामार्फत् संविधान जारी गरेर जनतालाई अधिकार सम्पन्न बनाउँदै संस्थागत गरेका छौं । लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्य व्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकार प्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा भएको छ ।’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विगतमा अधिकार प्राप्तिका लागि राष्ट्रिय जीवनको लामो कालखण्ड व्यतीत गरेपछि अब हामी विकास र समृद्धिको अभियानमा अग्रसर छौं । विकास र समृद्धिका लागि सुदृढ अर्थतन्त्र, सबल लोकतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनको चरणमा हामी उभिएका छौं ।’

प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा प्राप्तितर्फ हामी अभिमुख छौं । राष्ट्रको यस आकाङ्क्षा प्राप्तिका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहनुपर्ने र राष्ट्रको यस संकल्पलाई पूरा गर्न तीनै वटा तहका सरकारी अंगहरु, विभिन्न पेशा, क्षेत्र, व्यवसायमा सम्बद्ध जनसमुदायलाई तालबद्धताका साथ अघि बढ्न पनि आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले समाज र राष्ट्रको हितमा निस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने अमर शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ६ : ४१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा