श्रीपञ्चमीमा अक्षरारम्भ सँगै नाक–कान छेड्नुको महत्व के छ ? « Khabarhub

श्रीपञ्चमीमा अक्षरारम्भ सँगै नाक–कान छेड्नुको महत्व के छ ?


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज श्रीपञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको जन्म भएको दिन । आजको दिन माता सरस्वतीको पूजा गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन्।

विद्या र सृजनाकी देवी भएकाले ज्ञान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पूजा आराधना गर्ने गरिन्छ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङगिनी ब्रह्मायणीको ठूलो पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूला महत्व छ।

यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ। आजको दिन निकै शुभ मानिने हुँदा मानिसहरुले नाक तथा कान छेड्ने समेत गर्छन् ।

आजका दिन अभिभावकले आफ्ना बालबालिकाको अक्षरारम्भ समेत गराउने गर्दछन् । अक्षरारम्भ गराउनाले बालबालिकामा सरस्वती बास हुने विश्वास गरिन्छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ।

वैदिक सनातन हिन्दू संस्कारमा आजका दिन हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिनका रुपमा समेत वर्णन गरिएको पाइन्छ ।

‘ब्रह्मा भिभर्त पूराण’मा प्रष्ट रूपमा उल्लेख गरिएको छ-

विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिनपुर्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन् । विहानै उठेर प्रातः स्नान पश्चात् चोखो तथा सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिनुपर्छ।

आजको दिन अक्षराम्भ गर्ने दिन मात्र होइन, सर्जक तथा सिर्जनाको पनि दिन हो । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ ।  सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण हुने विश्वास गरिन्छ । सर्जकहरु चाहे लेखक साहित्यकार मात्र नभएर  मिस्त्रीदेखि मुर्ती बनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको पूजा गर्छन् ।

विद्याको महिमालाई शास्त्रमा भनिएको छ-

न चौरहार्यं न च राजहार्यं न भ्रातृभाज्यं न च भारकारी
व्यये कृते बर्धत एवं नित्यं विद्याधनं सर्व धनः प्रधानम् ।

चोरले चोर्न नसक्ने, राज्य वा सरकारले जफत गर्न नसक्ने, दाजुभाइका बीचमा अंशबन्डा नहुने, जति बोके पनि भारी नहुने, जति खर्च गर्यो त्यति बढ्ने अनौठो धन विद्या हो। त्यसैले विद्यालाई सम्पूर्ण धनमा उत्तम धन मानिएको हो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ४४ बजे

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता