बंगलादेशी नागरिक अहमदको हत्या आरोपमा मियाँ पक्राउ « Khabarhub

बंगलादेशी नागरिक अहमदको हत्या आरोपमा मियाँ पक्राउ


१६ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशी नागरिक मोहिद्दिन अहमदको हत्या आरोपमा उनीसँगै नेपाल आएका साथी दुला मियाँ पक्राउ परेका छन्।

हत्या गरी फरार रहेको भनिएका ४४ वर्षीय मियाँलाई नेपाल-भारत सीमा झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको हो।

पक्राउपछि काठमाडौं ल्याइएका मियाँलाई बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

मियाँ ६ माघमा अहमदसँगै काठमाडौं आएका थिए। प्रहरीका अनुसार उनीहरुले चार दिनका लागि सोल्टीमोडस्थित होटल ग्राण्ड भिलामा ११४ नम्बरको कोठा बुक गरेका थिए।

७ माघमा मोहिद्दिनको हत्या भए पनि होटल सञ्चालकले ८ माघमा खबर गरेका थिए। मृतक मोहिद्दिन क्यासिनोप्रेमी भएको र उनीसँग विभिन्न क्यासिनोको ‘मेम्बरसिप कार्ड’ रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  १० : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया