धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा नेकपा नेताहरुको समूहगत छलफल « Khabarhub

धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा नेकपा नेताहरुको समूहगत छलफल


१६ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधवारबाट शुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकमा आज समूहगत छलफल शुरु भएको छ ।

बुधवारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने भएको हो । जसका लागि १५ वटा समूह बनाइएको छ ।

प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ । बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

समूहगत छलफल तीन स्थानमा हुने उनले जनाए । जस अनुसार धुम्बाराही र पेरिसडाँडामा रहेका पार्टी कार्यालय र राष्ट्रिय सभा गृहमा हुने छ ।

समूहगत छलफलमा उठेका विषयलाई टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ ।

हिजोबाट शुरु भएको बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले सम्बोधन गरेका थिए भने अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको छ ।

राजनीतिक प्रतिवेदनमा नेकपाको एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । २०७७ मंसिरभित्र सबै स्थानीय तह र प्रदेश तहका अधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ११ : ०४ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले