सुर्खेतमा आज पनि तनाव, हुलहुज्जतमा उत्रिएका ८ जना पक्राउ « Khabarhub

सुर्खेतमा आज पनि तनाव, हुलहुज्जतमा उत्रिएका ८ जना पक्राउ


१६ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – ट्रिपरले हानेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सुर्खेतमा आज तेस्रो दिन पनि प्रदर्शन चर्किएको छ ।

मृतकका आफन्तले आज पनि बिहानैदेखि वीरेन्द्रनगर बजारमा प्रदर्शन गरिरहेका छन । प्रदर्शनका कारण बजार पसल खुल्न सकेका छैनन भने सवारी आवागमन पनि प्रभावित भएको छ ।

हुलहुज्जतमा उत्रिएको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार बुधबार साँझ नै मृतकका आफन्तसँग सहमति भए पनि एक्कासी अर्को समूह चक्काजाममा उत्रिएपछि समस्या उत्पन्न भएको हो ।

ट्रिपर धनी हरि बिसीविरुद्ध मुद्दा दायर गर्ने, प्रदर्शनमा घाइते भएकाहरुको उपचार गर्ने र कानुनी रुपमा मृतकका परिवारलाई राहत दिने सहमति भइसकेको प्रजिअ अधिकारीले जानकारी दिए ।

तर सहमति भइसकेपछि अर्को समूहले उक्त सहमति नमान्ने भन्दै समस्या बल्झाएको उनले बताए । सहमति नहुँदा मृतक केशरबहादुर सिंहको शव पोस्टमार्टम हुन सकेको छैन । यद्यपी पुनः प्रदर्शनमा उत्रिएको समूहसँग पनि समन्वयको प्रकिया अघि बढेको उनले जानकारी दिए ।

कालीकोटका २१ वर्षीय सिंहको जुम्लारोडमा गत मंगलबार बिहान ट्रिपरको ठक्करबाट मृत्यु भएपछि तनाव चुलिएको हो ।

 

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  १२ : ३३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल