सुर्खेतमा आज पनि तनाव, हुलहुज्जतमा उत्रिएका ८ जना पक्राउ « Khabarhub

सुर्खेतमा आज पनि तनाव, हुलहुज्जतमा उत्रिएका ८ जना पक्राउ


१६ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – ट्रिपरले हानेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सुर्खेतमा आज तेस्रो दिन पनि प्रदर्शन चर्किएको छ ।

मृतकका आफन्तले आज पनि बिहानैदेखि वीरेन्द्रनगर बजारमा प्रदर्शन गरिरहेका छन । प्रदर्शनका कारण बजार पसल खुल्न सकेका छैनन भने सवारी आवागमन पनि प्रभावित भएको छ ।

हुलहुज्जतमा उत्रिएको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार बुधबार साँझ नै मृतकका आफन्तसँग सहमति भए पनि एक्कासी अर्को समूह चक्काजाममा उत्रिएपछि समस्या उत्पन्न भएको हो ।

ट्रिपर धनी हरि बिसीविरुद्ध मुद्दा दायर गर्ने, प्रदर्शनमा घाइते भएकाहरुको उपचार गर्ने र कानुनी रुपमा मृतकका परिवारलाई राहत दिने सहमति भइसकेको प्रजिअ अधिकारीले जानकारी दिए ।

तर सहमति भइसकेपछि अर्को समूहले उक्त सहमति नमान्ने भन्दै समस्या बल्झाएको उनले बताए । सहमति नहुँदा मृतक केशरबहादुर सिंहको शव पोस्टमार्टम हुन सकेको छैन । यद्यपी पुनः प्रदर्शनमा उत्रिएको समूहसँग पनि समन्वयको प्रकिया अघि बढेको उनले जानकारी दिए ।

कालीकोटका २१ वर्षीय सिंहको जुम्लारोडमा गत मंगलबार बिहान ट्रिपरको ठक्करबाट मृत्यु भएपछि तनाव चुलिएको हो ।

 

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  १२ : ३३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा