उपसभामुख राजपालाई देउ भनेर मागेका छैनौंः संयोजक यादव « Khabarhub

उपसभामुख राजपालाई देउ भनेर मागेका छैनौंः संयोजक यादव


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । उनले सरकारमा सहभागी हुने सम्भावना नहरेको स्पष्ट पारेका हुन् ।

‘सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन् । त्यसैले सरकारमा जाने सम्भावना छैन’ उनले भने,‘ सरकारमा जानेबारे हामीसँग नैतिक धरातल छैन । असोज ३ गतेलाई हामी कालो दिवसको रुपमा मनाउँछौं । अर्को कुरा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन ।’

बिहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा संयोजक यादवले सरकारमा सहभागी हुने कुरा आफूहरुको प्राथमिकता नभएको जिकिर गरे ।

उनले भने,‘राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा जानको लागि ईच्छुक छैन । तर, हाम्रा माग र मुद्दा सम्बोधन गरियो र एउटा वातावरण सहज बन्यो भने र हाम्रा सबै काम सम्पन्न भए भने हामी त्यतिवेला विचार गर्न सक्छौं । हाम्रा विगतका मुद्दा र मागलाई यो सरकारले सम्बोधन गरोस् । तर, अहिले सरकारमा जाने स्थिति छैन ।’

उनले राजपाले प्रतिनिधिसभाको लागि उपसभामुख नमागेको स्पष्ट पारे । उनले भने,‘हामीले उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं । यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ? हामीले बुझ्न सकेका छैनौं ।’

सदन र सडक आफूहरुको नीति भएको सुनाउँदै उनले भने,‘मधेशमा भएका सहिदहरुका सपना साकार पार्नको लागि र माग पूरा गराउनको लागि हामीले कुनै पद, सरकार र उपसभामुख हाम्रो माग होईन् । हामी सहिदको रगतमा कुनै सौदाबाजी गर्ने पक्षमा छैनौं ।’

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ७ : ३० बजे

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा