एकै दिन लुम्बिनी विकास बैंकका ३ वटा शाखा कार्यालयहरुको उद्घाटन « Khabarhub

एकै दिन लुम्बिनी विकास बैंकका ३ वटा शाखा कार्यालयहरुको उद्घाटन


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी विकास बैंक लिमिटेडले एकै दिन तीनवटा शाखा कार्यालयको उद्घाटन गरिएको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यक ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने आफ्नो नीति अनुरुप मिति २०७६ माघ १६ गते देखि कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ४, चौराहमा आफ्नो ६६औं शाखाको रुपमा धनगढी शाखा कार्यालय; कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ४, महेन्द्र स्मारकमा ६७ औं शाखाको रुपमा महेन्द्रनगर शाखा कार्यालय र सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं. ६, बिरेन्द्र चोकमा ६८ औं शाखाको रुपमा विरेन्द्रनगर शाखा कार्यालय गरि एकै दिन ३ वटा शाखा कार्यालयहरुको उद्घाटन गरेको छ ।

स्थानिय प्रतिनिधि, भद्रभलादमी, ग्राहक÷आमन्त्रित अतिथीहरु समेतको उपस्थितिमा आयोजित औपचारिक कार्यक्रमहरुका बीच धनगढी शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका कार्यालय मुख्य ब्यवस्थापक निश्चल अधिकारी र बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले संयुक्त रुपमा, महेन्द्रनगर शाखाको समुद्घाटन गरे ।

उद्योग बाणिज्य संघ, कञ्चनपुरका अध्यक्ष जंग बहादुर मल्ल र बैंकका सञ्चालक समितिका सदस्य तथा पूर्व अध्यक्ष चिन्तामणी भट्टराईले संयुक्त रुपम गरे । सुर्खेत शाखाको समुद्घाटन बैकका सञ्चालक समितिका सदस्य तथा पूर्व अध्यक्ष सुशिलराज पराजुलीले गरे ।

बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा आजबाट देशका सातवटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६८ वटा शाखाबाट बैंकिङ्ग कारोवारको सुविधा प्राप्त हुने जानकारी सो अवसरमा गराईयो ।

बैंकले आर्थिका वष २०७५/७६ मा संचालन मुनाफा रु. ८५ करोड र खुद मुनाफा रु ६२ करोड गरेको थियो । व्यवसाय विस्तारको सकारात्मक प्रभाबको कारण बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७४/७५ मा १७.०७ प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०७५÷७६ मा १५ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

बैंकको हाल कायम चुक्ता पुँजी २ अर्व ७२ करोड रहेको छ । असार मसान्तमा बैकको कुल जगेडा कोषमा रु २ अर्ब रहेको छ । २०७६ पौष मसान्त सम्ममा २०७६ आषाढ मसान्त भन्दा बैंकको कुल कर्जा सापटी ९.३५५ ले वृद्धि भई रु २४ अर्ब

८९ करोड पुगेको छ भने निक्षेप १२.९९५ ले वृद्धि भई रु. २८ अर्ब २ करोड पुगेको छ तथा खुद नाफा रु २५ करोड भएको छ ।

यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking, ATM लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै आफ्ना करीव २ लाख ५० हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस बैंकले आगामी दिनमा समेत थप शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा पुर्या‍उने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ४ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्