नेकपा केन्द्रीय कमिटी बैठकमा पेश गरिएका प्रतिवेदनमाथिको सामूहिक छलफल सम्पन्न « Khabarhub

नेकपा केन्द्रीय कमिटी बैठकमा पेश गरिएका प्रतिवेदनमाथिको सामूहिक छलफल सम्पन्न


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकमा पेश गरिएका प्रतिवेदनमाथिको समूहगत छलफल सम्पन्न गरेका छन् ।

चालू केन्द्रीय कमिटीको बैठक अन्तर्गत ४ सय ४५ केन्द्रीय कमिटी सदस्यहरूले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गरेका हुन् ।

शुक्रवार अपराह्न बस्ने बैठकमा १५ वटै समूहका टोली नेताहरूले छलफलको निष्कर्ष पेश गर्ने भएका छन् । अन्य समूहले छलफल सम्पन्न गरेपनि १० नम्बर समूहले भने केही बुँदाहरुमा शुक्रबार विहान समेत छलफल गर्ने भएको छ ।

समूहका सदस्य युवराज चौलागाईंले समय अभावनका कारण सबै विषयमा छलफल हुन नसकेको बताउँदै विधान संशोधनका केही बुँदाहरूमा शुक्रबार बिहान छलफल हुने जानकारी दिए ।

नेकपाकाे विधान अनुसार ६/६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने भए पनि अहिले करीब १८ महिनापछि बैठक बसेको हो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ६ : २४ बजे

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र

दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै खसी बजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी– फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा