दाजुको हत्या अभियोगमा मुसहरलाई १० वर्ष कैद सजाय « Khabarhub

दाजुको हत्या अभियोगमा मुसहरलाई १० वर्ष कैद सजाय


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- राँगा बाँध्ने किलोले प्रहार गरी दाजुको हत्या गरेको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका– ३ का ४२ वर्षीय बलराम सदा मुसहरलाई १० वर्ष कैद सजाय सुनाइएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशबाट अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाले बताए ।

मादकपदार्थ खाएका अभियुक्तले ०७४ साउन २६ गते राति दाजुलाई घचेट्दै राँगा बाँध्ने किलोले प्रहार गरी घाइते बनाएकोमा भोलिपल्टै मृत्यु भएको भनी मृतककी श्रीमती रम्भाले उजुरी दिएकी थिइन् ।

घाइते बल्कुको साउन २७ गते बिहान मनकामना पोलिक्लिनिक फत्तेपुर, सप्तरीमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतककी श्रीमती ४५ वर्षीया रम्भा सदाले इलाका इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७४ साउन २७ गते उजूरी दर्ता गराउनु भएपछि अभियुक्तलाई तत्कालै पक्राउ गरिएको थियो ।

उनी ०७४ भदौ २० गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ७ : २७ बजे

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची