हुम्लामा फैलिएको ‘मौसमी फ्लु’को प्रकोप नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

हुम्लामा फैलिएको ‘मौसमी फ्लु’को प्रकोप नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कर्णाली प्रदेशको हुम्लामा देखिएको मौसमी रुघाखोकी (फ्लु) प्रकोप नियन्त्रणका साथै प्रभावित व्यक्तिको उपचारका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकार माग गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्तिमार्फत सो क्षेत्रमा पर्याप्त औषधि तथा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो ।

कर्णाली प्रदेशको हुम्लामा केही समय अघिदेखि देखिएको मौसमी रुघाखोकी (फ्लु) का कारण एक दर्जनभन्दा बढीले अकालमा नै ज्यान गुमाउनु परेको छ ।

विकट क्षेत्रमा फैलिएको फ्लु नियन्त्रण नभएका कारण र सो फ्लुबाट प्रभावित व्यक्तिको समयमै उचित उपचार नहुँदा हुम्लावासीले ज्यान गुमाउन परिरहेको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ९ : ४५ बजे

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष