विहीबार नेप्से दोहोरो अंकले वृद्धि « Khabarhub

विहीबार नेप्से दोहोरो अंकले वृद्धि


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ ।

लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ ।

व्यापार १५.३१ ले घटदा बैंकिङ १८.२५, होटल २४.०८, विकास बैंक १६.४३, जलविद्युत् ९.६६, वित्त ६.३६, निर्जीवन बीमा २२४.६४, उत्पादन ९.४२, अन्य १.९२, लघुवित्त १८.६, जीवन बीमा १६८.६३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड ३६ लाख १९ हजार १४७ बराबरको कारोवार भयो ।

यस्तै प्राइम लाइफ रु सात करोड २० लाख १४ हजार २१८, नेपाल लाइफ इन्स्योरेन्स रु छ करोड ९३ लाख २४ हजार ९४३, एशियन लाइफ रु छ करोड ८१ लाख तीन हजार ३२०, नेशनल लाइफ रु छ करोड ६८ लाख १५ हजार २३१, प्रभु बैंक रु पाँच करोड ६६ लाख १२ हजार ९४९ र गुराँस लाइफ रु पाँच करोड ६० लाख ९५ हजार ४७७ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.२४ प्रतिशतले कमाए ।

त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, नाडेप लघुवित्त ४.९८, गोर्खाज फाइनान्स ४.६८, कर्णाली डेभलपमेन्ट बैंक ३.६०, घोडीघोडा लघुवित्त ३.२६ र रिलायन्स फाइनान्सका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ७ : ५२ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी