ए डिभिजन लिग फुटबलः ब्रिगेडलाई हराउँदै एनआरटी चौथो स्थानमा « Khabarhub

ए डिभिजन लिग फुटबलः ब्रिगेडलाई हराउँदै एनआरटी चौथो स्थानमा


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत विहीबार भएको खेलमा जित हात पार्दै न्युरोड टिम एनआरटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइजलाई २–० गोल अन्तरले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो ।

एनआरटीको जितका लागि वैकल्पिक खेलाडी राजेश परियारले उत्कृष्ट प्रदर्शन रह्यो । उनले एनआरटीको लागि दुवै गोल गरेका थिए ।

राजेश खेलको २२ औं मिनेटमा क्रिषण कुमारको स्थानमा मैदान प्रवेश गरेका थिए । मैदान छिरेको १० मिनेट नबित्दै ३२ औं मिनेटमा राजेशले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० गोल अन्तरले अघि रहेको एनआरटीका लागि खेलको ५२ औं मिनेटमा राजेशले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई २–० को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमा गोल फर्काउने मौका पाएका थियो । तर, ब्रिगेडका कप्तान अनिल गुरुङ पेनाल्टीमा गोल गर्न चुक्दा उक्त अवसर खेल गएको थियो ।

अनिलको पेनाल्टी प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोकेका थिए । एनआरटीले ९ खेलबा६ १५ अंक जोडेको छ । ब्रिगेड ९ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ३२ बजे

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन