पाँचथरमा १ सय ४१ शहीदका परिवार सम्मानित « Khabarhub

पाँचथरमा १ सय ४१ शहीदका परिवार सम्मानित


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- शहीद प्रतिष्ठान पाँचथरले जिल्लाका शहीद परिवारलाई सम्मान गरेको छ । प्रतिष्ठानले जिल्लाका स्थानीय तह स्तरमा सम्मान कार्यक्रमको आयोजना गर्दै शहीद परिवारलाई सम्मान गरेको हो ।

प्रतिष्ठानले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा विभिन्न आदोलनहरुमा ज्यान गुमाउनेका परिवारलाई सम्मान गरेको हो । फिदिम नगरपालिकासहित सात वटा गाउँपालिकामा विभिन्न आन्दोलनमा ज्यान गुमाएका १ सय ४१ जना शहीदका परिवारलाई सम्मान गरिएको शहीद प्रतिष्ठान पाँचथरका अध्यक्ष विशाल रसाइलीले बताए ।

शहीदहरुको आधिकारिक विवरण नभएका कारण परिवर्तनको आन्दोलनमा ज्यान गुमाउने सबैका परिवारलाई शहीद स्वरुप सम्मान गरिएको रसाइलीले बताए । जिल्लामा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीका कार्यकर्ता तथा समर्थक मात्रै १ सय ५८ जनाको ज्यान गएको थियो ।

यद्यपी उनीहरुमध्ये १ सय ४० जनाको मात्रै आधिकारिक विवरण प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । माओवादीतर्फ सशस्त्र द्वन्द्वमा यहाँको फालेलुङ गाउँपालिकाबाट सबैभन्दा बढी ५६ जनाको ज्यान गएको थियो ।

प्रतिष्ठानले आगामी दिनमा प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि हालसम्मका सबै आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई शहीद परिवारको रुपमा पहिचान गरी सम्मान गर्ने तथा ब्यवस्थित अभिलेख तयार पार्ने जनाएको छ ।

प्रतिष्ठानले सम्मान गरेपछि यहाँका स्थानीय तह जनप्रतिनिधिले समेत शहीद परिवारलाई सम्मान गर्ने तथा उनीहरुका लागि विशेष कार्यक्रम तय गर्ने बताएका छन् ।

जिल्लाको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानप्रसाद लिङ्देनले भने,“हामी हाम्रै स्थानीय तहमा रहनुभएका शहीद परिवारबारे बेखवर थियौँ । उहाँहरुको पहिचान एवं सम्मानका लागि शहीद प्रतिष्ठानले ठूलो पाठ सिकाएको छ ।”

लिङ्देनले आगामी दिनमा आफ्नो गाउँपालिकामा रहेका शहीद परिवारलाई विशेष सम्मान गरिने बताए । याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले शहीद परिवारको सम्मानका लागि विशेष कार्यक्रम नै अघि बढाउने उल्लेख गरे ।

शहीद दिवसको अवसरमा प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति पाँचथरको समन्वयमा आज फिदिममा शहीद दिवस समेत मनाइएको छ ।

कार्यक्रममा विभिन्न आन्दोलनमा ज्यान गुमाउने शहीदहरुको तस्वीरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली अपर्ण गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले सबै आन्दोलनमा ज्यान गुमाउने योद्धाहरुको स्मरण र उनीहरुका परिवारलाई सम्मान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ३० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी