सुर्खेत टिपर काण्ड : पीडित पक्षद्वारा विरोधका कार्यक्रम फिर्ता « Khabarhub

सुर्खेत टिपर काण्ड : पीडित पक्षद्वारा विरोधका कार्यक्रम फिर्ता


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- टिपरको ठक्करबाट कालीकोटका एक युवकको मृत्यु भएपछि सुर्खेतको विरेन्द्रनगरमा उत्पन्न तनाव दुई पक्षबीचको सहमतिपछि अन्त्य भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बिहीबार भएको वार्तापछि मृतकका आफन्तले विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

वार्तामा सहभागी मृतकका आफन्त जनकबहादुर सिंहले पाँचबुँदे सहमतिपछि विरोधका कार्यक्रम फिर्ता लिएको बताए ।

उनका अनुसार टिपर चालक राजकुमार बोहोरालाई हदैसम्मको कारबाहीको लागि किटानी जाहेरी दिई कानूनी प्रक्रियाअघि बढाउने, पीडित पक्षलाई कानूनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने, पीडित परिवारलाई थप राहत प्रदान गर्न प्रदेश सरकार तथा प्रर्दशनका क्रममा घाइते भएकाको उपचार खर्चका लागि सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने, आजै शवको पोष्टमार्टम गरी सदगद गर्ने र घटनालाई लिएर भएका विरोधका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

सहमतिपछि तीन दिनदेखि तनावग्रस्त वीरेन्द्रनगरको अवस्था सामान्य बन्दै गएको छ । घटनाको तेस्रो दिन टिपरधनी हरि विसी सम्पर्क आएपछि बिहीबार वार्ता भएको हो ।

पीडित परिवारले टिपरधनीसँग वार्ता नहुञ्जेल शव नबुझ्ने अडानसहित विरोध प्रर्दशन गर्दै आएका थिए । मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरको ठक्करबाट कालीकोट महाबै गाउँपालिका–३ डिल्लीकोटका २१ वर्षीय केशरबहादुर सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ४९ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने