चीनका सबै भू-भागमा कोरोनाको संक्रमण फैलिएको पुष्टि « Khabarhub

चीनका सबै भू-भागमा कोरोनाको संक्रमण फैलिएको पुष्टि


१६ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनका अधिकांश भू-भागमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ ।

तिब्बतमा समेत कोरोनाको संक्रमण देखिएसँगै चीनका सबै मुख्य भू-भागमा भाइरसको संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन ।

बिहिबारसम्म चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ भने ७ हजार ७ सय ११ जना संक्रमित भएका छन ।

संक्रमण अहिलेसम्म चीनसहित १६ वटा देशमा देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसले विश्वव्यापी स्वास्थ्य आपत्‌कालबारे आवश्यक निर्णय लिन बैठक आह्वान गरेको छ ।

डब्लु एचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले मानवबाट मानवमा भइरहेको सङ्क्रमणको विस्तारले अवस्था चिन्ताजनक भएको जनाएका छन ।

गहब्रहयससका अनुसार चीनबाट जर्मनी, भियतनाम र जापान पुगेका मानिसहरूबाट सङ्क्रमण फैलिएकाले सारा विश्वले यसकाप्रति सावधानी अपनाउन आवश्यक छ ।

चीन बाहेकका मुलुकमा संक्रमितको सङ्ख्या न्यून भए पनि ज्यादै ठूलो स्तरको सङ्क्रमणको सम्भावना भने विद्यमान रहेको उनको भनाइ छ।

चीनमा बर्षौ अघि फैलिएको सार्सको सङ्क्रमणभन्दा कोरोनाको संक्रमणबाट मानिसरु पीडित भएको बीबीसीले जनाएको छ ।

स्वास्थ्य बैज्ञानिकहरुले भाइरसबाट मानिसहरूलाई जोगाउन खोपको विकास गर्ने प्रयास गरिरहेका छन् ।

अमेरिकाको एक अनुसन्धान केन्द्रले ६ महिनाभित्र कोरोनाबिरुद्धको खोप परीक्षणको तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  १० : ०१ बजे

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म