चीनका सबै भू-भागमा कोरोनाको संक्रमण फैलिएको पुष्टि « Khabarhub

चीनका सबै भू-भागमा कोरोनाको संक्रमण फैलिएको पुष्टि


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनका अधिकांश भू-भागमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ ।

तिब्बतमा समेत कोरोनाको संक्रमण देखिएसँगै चीनका सबै मुख्य भू-भागमा भाइरसको संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन ।

बिहिबारसम्म चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ भने ७ हजार ७ सय ११ जना संक्रमित भएका छन ।

संक्रमण अहिलेसम्म चीनसहित १६ वटा देशमा देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसले विश्वव्यापी स्वास्थ्य आपत्‌कालबारे आवश्यक निर्णय लिन बैठक आह्वान गरेको छ ।

डब्लु एचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले मानवबाट मानवमा भइरहेको सङ्क्रमणको विस्तारले अवस्था चिन्ताजनक भएको जनाएका छन ।

गहब्रहयससका अनुसार चीनबाट जर्मनी, भियतनाम र जापान पुगेका मानिसहरूबाट सङ्क्रमण फैलिएकाले सारा विश्वले यसकाप्रति सावधानी अपनाउन आवश्यक छ ।

चीन बाहेकका मुलुकमा संक्रमितको सङ्ख्या न्यून भए पनि ज्यादै ठूलो स्तरको सङ्क्रमणको सम्भावना भने विद्यमान रहेको उनको भनाइ छ।

चीनमा बर्षौ अघि फैलिएको सार्सको सङ्क्रमणभन्दा कोरोनाको संक्रमणबाट मानिसरु पीडित भएको बीबीसीले जनाएको छ ।

स्वास्थ्य बैज्ञानिकहरुले भाइरसबाट मानिसहरूलाई जोगाउन खोपको विकास गर्ने प्रयास गरिरहेका छन् ।

अमेरिकाको एक अनुसन्धान केन्द्रले ६ महिनाभित्र कोरोनाबिरुद्धको खोप परीक्षणको तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ०१ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु