कोरोनाबाट ३३ हजार ९ सय बढीको मृत्यु, १ लाख ५० हजार निको भए « Khabarhub

कोरोनाबाट ३३ हजार ९ सय बढीको मृत्यु, १ लाख ५० हजार निको भए


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।

नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो ।

यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ५० हजार ९ सय ३९ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ५६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ ।

इटाली पूर्ण लकडाउनको अवस्थामा रहदा पनि संक्रमण फैलने क्रम रोकिएको छैन । ५२ सय १७ जना थप मानिस संक्रमित हुँदा कोरोनाको संक्रमणबाट ९७ हजार ६ सय ९८ मानिस प्रभावित भएका छन् ।

उपचार गराइरहेका ७३ हजार ८ सय ८० जनामध्ये ३९ सय ६ जनाको अवस्था गम्भीर छ । यद्यपि अहिलेसम्म १३ हजार ३० जना भने उपचारपछि निको भएर घर फर्किएको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस्तै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमणमा परेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ सय ४८ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ८१ जना संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २४ सय ६८ पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ५ सय ५९ पुगेको छ । ४४ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

उपचार गराइरहेका १ लाख ३४ हजार भन्दा बढी मानिसमध्ये २९ सय ७० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै अनिश्चितकालिन राष्ट्रिय संकटकाल लगाइएको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमण देखिएको छैन । त्यहाँ ३३ सय मानिसको मृत्यु भएको छ ।

यस्तै स्पेनमा ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ भने ८० हजार भन्दा बढी संक्रमित भएका छन् ।

इरानमा २६ सय ४० को मृत्यु हुँदा फ्रान्समा २६ सय ६ जनाको मृत्यु भएको छ । ती मुलुकहरुमा पनि संक्रमण फैलने क्रम बढिरहेकाले मृत्यु हुने मानिसको संख्या अझ बढ्ने स्वास्थ्य अधिकारीहरुको आकलन छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ५७ बजे

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ

बाढीपहिरोले चार परिवार विस्थापित, पुल र जलविद्युत् आयोजनामा ठुलो क्षति

पाँचथर – अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – आज २०८३ साल जेठ १० गते आइतबार। अधिक