कोरोना त्रासका बीच विश्व फुटबल प्रेमीको ध्यान तान्न सफल बेलारुस प्रिमियर लिग « Khabarhub

कोरोना त्रासका बीच विश्व फुटबल प्रेमीको ध्यान तान्न सफल बेलारुस प्रिमियर लिग


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) ले विश्वभर महामारीको रुपमा फैलिएको छ ।

यसले विश्वका ठूलादेखि साना राष्ट्रका खेलकुद गतिविधि ठप्प रहेका छन् ।

युरोपमा कोरोना भाइरस संक्रमणको सबै भन्दा धरै प्रभाब परेको छ ।

तर, युरोपको एउटा देशमा चाहिँ खेलकुद प्रतियोगिता भइरहेका छन् ।

त्यो अरु कुनै देश होइन, बेलारुस हो । त्यहाँ खेलकुद गतिविधिमात्रै होइन सबै काम सामान्य झै चलिरहेको छ ।

अझ पछिल्लो केही दिन यता त अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पनि बेलारुसमा भइरहेका खेल गतिविधिको चर्चा गर्न थालेका छन् ।

युरोपका अधिकाशं खेल गतिविधि अहिले अनिश्चित कालका लागि स्थगित भएका छन् ।

तर, बेलारुसी प्रिमियर लिग भने आफ्नो गतिमा चलिरहेको छ । यसको चर्चा नेपालका फुटबल प्रेमीमाझ पनि हुन थालेको छ । अन्य समयमा विरलै सुनिने प्रतियोगिता हो यो ।

तर, सबै खेल बन्द हुँदा खेल प्रेमीहरुका लागि समय कटाउने माध्य पनि बनेको छ । 

बेलारुसको  राजधानीमा शनिबारमात्रै ६ वटा खेल भए । जसमा ३ हजारभन्दा बढी प्रत्यक्ष सहभागी भएको समाचारहरुमा भनिएको छ ।

एफसी मिस्के र डाइनामो मिस्केबीचको डर्बी खेल डाइनामोले ३–२ गोल अन्तरले जितेको थियो । 

बेलारुसमा कोरोनाको संक्रमण नभेटिएको होइन । तर, त्यहाँ सय भन्दा कममा संक्रमण रहेको छ ।

तर, पनि त्यहाँको सरकारले कुनै पनि कुरामा प्रतिवबन्ध लगाएको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : ५० बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।