भारतीय सीमा क्षेत्रमा ३ सय नेपाली अलपत्र, महाकाली तरेर आएका व्यक्ति पक्राउ | Khabarhub Khabarhub

भारतीय सीमा क्षेत्रमा ३ सय नेपाली अलपत्र, महाकाली तरेर आएका व्यक्ति पक्राउ


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सीमा बन्द गरेपछि भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरु महाकाली नदीमा पौडी खेलेर स्वदेश भित्रिन थालेका छन् ।

विभिन्न कामका लागि सीमावर्ती भारतीय बजारमा गएका करिब ३ सय नेपाली अहिले त्यहाँ अलपत्र परेका छन् ।

दार्चुला सदरमुकामसँगै जोडिएको सीमावर्ती भारतीय बजार धार्चुलामा अहिले करिब ३ सय नेपाल घर फर्किने प्रतिक्षामा बसेका छन् ।

महाकाली नदीको किनारमा बसेर ३ दिनदेखि घर फर्किने आसमा रहेका उनीहरु कुनै पहल नभएको भन्दै नदीमा पौडी खेल्दै स्वदेश छिर्न थालेका हुन् ।

पौडी खेल्न नसक्नेहरु भने भारतीय युवालाई महङ्गो मूल्य तिरेर ट्युवमा चढेर स्वदेश फर्किन थालेका छन् ।

महाकाली नदीमा पौडी खेलेर स्वदेश फर्किएका १ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको डिलाशैनी गाउँपालिका–१ घर भएका ४८ वर्षीय इन्द्रराज खत्री रहेका जनाइएको छ ।

प्रहरी नियन्त्रणमा रहेका खत्रीले प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई सीमापारि रहेका ३ सय नेपालीको समस्या सुनाउन आफू नदी तरेर आएको बयान दिएका छन् ।

सरकारले सीमामा अलपत्र परेका नेपालीको उद्दार गर्न निर्देशन दिइसकेपनि दार्चुलामा भने उद्दार गरेपछि राख्ने बासस्थान (क्वारेन्टाइन)को व्यवस्थापन गर्न समस्या भइरहेको बताइएको छ । जसकारण अहिले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार गरिएको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : १४ बजे

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको