लकडाउनका बेला जुवा खेल्ने ११ जना पक्राउ « Khabarhub

लकडाउनका बेला जुवा खेल्ने ११ जना पक्राउ


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिक कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्दै जुवा–तास खेल्ने ११ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका जुवाडेहरुको साथबाट ५७ हजार २ सय ९० रुपैयाँ नगद समेत बरामद भएको जनाएको छ ।

पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका–५ सखुबनिया घर भएका ३२ वर्षीय सुरेश प्रसाथ थारु, ३० वर्षीय विनोद चौधरी, ३० वर्षकै विनय थारु, ३० वर्षकै गोविन्द कुमार थारु, ३० वर्षकै ओझैया थारु, ३५ वर्षीय शिव शंकर नुनिया, ३१ वर्षीय सूर्य नारायण पन्जियार, ३२ वर्षीय हरिस्वर प्रसाद दहेत, ४८ वर्षीय शिव जनक गौरे र ३५ वर्षीय वीरेन्द्र प्रसाद चौधरी छन् ।

प्रहरीले पक्राउ परेका ११ जनालाई नै हिरासतमा राखी थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : ४५ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका