कोभिड १९– अपरिचितलाई गाउँ प्रवेशमा निषेध | Khabarhub Khabarhub

कोभिड १९– अपरिचितलाई गाउँ प्रवेशमा निषेध


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन कैलालीका युवाले अपरिचितलाई गाउँ प्रवेशमा निषेध गर्न थालेका छन् ।

गाउँ गाउँमा युवाले बाटो बन्द गर्दै एक गाउँबाट अर्को गाउँं प्रवेश समेत रोक्न थालेका छन् । टीकापुर नगरपालिका–१ सतघरुवाका युवाले आफ्नो गाउँको बाटो बन्द गरेका छन् ।

‘‘पछिल्लो समय भारत लगायत अन्य मुलुकबाट आउनेबाट कोरोना भाइरसको सम्भावित जोखिम हुनाले गाउँको सबै बाटोमा छेकवार लगाएका छौं ।’’ सतघरुवाका लक्ष्मी चौधरीले भने, ‘‘स्वतः स्फुर्त रुपले युवाले लकडाउन भन्दै बाटो बन्द गर्न थालेका हौं । हामी मात्र होइन अन्य गाउंँका युवाले पनि कसैले वार, कसैले छेकवार लगाएर आउजाउ बन्द गरिरहेका छन् ।’’

नागरिक सचेत गराउन गाउँमा बडघर र चिराकीले सो कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षण लगायतबारे जानकारी समेत दिन थालेका छन् । भारतबाट लकडाउन उल्लङ्घन गर्दै स्वदेश फर्किने नरोकिएपछि युवाले गाउँ गाउँ नै लकडाउन गर्न थालेको बडघर बाबुराम चौधरीले बताए । डाफेमुनाल टोलविकास संस्थाको समन्वयमा गाउँका युवाले लकडाउन गरेका हुन् ।

‘‘लकडाउन अवधिभर मासु वा मासुजन्य खानेकुरा खानपूर्णरुपले बन्द गरेका छौं ।’’ उनले भने ‘‘ग्रामीण क्षेत्रमा जुवातास खेल्ने लगायतका कार्य गरेको पाइएमा जरिवाना स्वरुप ५०० रुपैँया जरिवाना तोकेका छौं ।’’

कैलालीको जोशीपुरका युवाले समेत गाउँ प्रवेश निषेध गरेका छन् । जोशीपुरका युवाले अपरिचित व्यक्ति वा अर्को गाउँंको व्यक्तिलाई आफ्नो गाउँमा प्रवेशमा रोक लगाउन थालेका छन् ।

‘‘कोरोनाको त्रासले शहर बजार तथा अन्य देशहरुबाट समेत मानिस गाँउ केन्द्रीत भएका छन् ।’’ जोशीपुरका पदम परियारले भने ‘‘हामी सम्भावित जोखिममा हुनसक्छौं भनी गाउँ गाउँका बाटो बन्द गर्न थालेका हौं ।’’

स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग समन्वय गर्दै अपरिचितमाथि निगरानी बढाएको बताएका छन् ।

लम्की चुहाका ग्रामीण क्षेत्रका युवाले भारतबाट आएकाको खोजी गरी उनीहरुलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गर्न थालेका छन् ।

‘‘हामीले भारतबाट आएकाहरुको खोजी गर्न थालेका छौं ।’’ लम्कीचुहाका धनराज विक भने, ‘‘भारतबाट आएकालाई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्न अपिल गरेर त्यहाँ पठाउने, नमान्नेलाई सेल्प क्वारेन्टाइमा बस्न सुझाव दिन थालेका छौं ।’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : २७ बजे

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

काठमाडौं– गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन्

जितिया पर्वको तयारीमा मिथिलानी

महोत्तरी– राजनीतिक घटनाक्रमले असजिलो बनेको परिवेशबीच नै सन्तानवती मिथिलानी (मिथिलाका

काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं– काठमाडौं उपत्यकाको जनजीवन सामान्यतर्फ उन्मुख बन्दै गएको छ । निषेधाज्ञा तथा

केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको आग्रह – संविधानको रक्षा गर्दै देश पुनर्निर्माणमा जुटौँ

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानको रक्षा

शाहरुख खान र दीपिका पादुकोणलाई राजस्थान उच्च अदालतबाट राहत

काठमाडौं – बलिउड स्टार शाहरुख खान र दीपिका पादुकोणले राजस्थान