मौलापुर नगरपालिकाद्वारा ज्यालादारीमा आश्रितका लागि राहत प्याकेज घोषणा | Khabarhub Khabarhub

मौलापुर नगरपालिकाद्वारा ज्यालादारीमा आश्रितका लागि राहत प्याकेज घोषणा


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- मौलापुर नगरपालिकाले ज्यालादारीमा आश्रित गरिब असहाय परिवारका लागि राहत प्याकेजको घोषणा गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकमा ‘लकडाउन’ लागू भएसंगै देशैभरका नागरिक घरभित्रै बस्न बाध्य भएपछि ज्यालादारीमा आश्रित गरिब परिवारलाई खानपिनमा समेत आफत परेपछी नगरपालिकाले नगरवासीको पीडामा मलहम लगाउने प्रयास गरेको छ ।

नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण गरिब तथा असहाय परिवारलाई कुनै अभाव हुन नदिन विशेष राहत प्याकेजको घोषणा गरेको हो ।

नगरपालिकाभित्र रहेका ज्यालादारीमा आश्रित करिब ८ सय घरपरिवारका लागि घोषणा गरिएको राहतअन्तर्गत हरेक परिवारलाई २० किलो चामल, ४ किलो दाल र नगद ५ सय रुपैयाँ प्रदान गर्न लागिएको हो ।

लकडाउन सफल पार्न ज्यालादारीमा आश्रित गरिब असहाय परिवारको लागि राहत घोषणा गरेको नगरप्रमुख रीनाकुमारी साहले बताइन् । नगरप्रमुख साहले कुनै पनि हालतमा नागरिकलाई भोकबाट मर्न नदिने जानकारी दिइन ।

अन्य स्थानीय तहहरु वेवास्ता गरेको आलोचना भइरहेको अवस्था मौलापुर नगरपालिकाको यो कदम सराहनीय रहेको भन्दै प्रसंशा भइरहेको छ । नगरवासीप्रति जिम्मेवार भइ सरकारको कदमलाई सघाउने मौलापुर नगरपालिकाले गरेको कार्य उदाहरणीय छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : १२ बजे

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र