मौलापुर नगरपालिकाद्वारा ज्यालादारीमा आश्रितका लागि राहत प्याकेज घोषणा « Khabarhub

मौलापुर नगरपालिकाद्वारा ज्यालादारीमा आश्रितका लागि राहत प्याकेज घोषणा


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- मौलापुर नगरपालिकाले ज्यालादारीमा आश्रित गरिब असहाय परिवारका लागि राहत प्याकेजको घोषणा गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकमा ‘लकडाउन’ लागू भएसंगै देशैभरका नागरिक घरभित्रै बस्न बाध्य भएपछि ज्यालादारीमा आश्रित गरिब परिवारलाई खानपिनमा समेत आफत परेपछी नगरपालिकाले नगरवासीको पीडामा मलहम लगाउने प्रयास गरेको छ ।

नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण गरिब तथा असहाय परिवारलाई कुनै अभाव हुन नदिन विशेष राहत प्याकेजको घोषणा गरेको हो ।

नगरपालिकाभित्र रहेका ज्यालादारीमा आश्रित करिब ८ सय घरपरिवारका लागि घोषणा गरिएको राहतअन्तर्गत हरेक परिवारलाई २० किलो चामल, ४ किलो दाल र नगद ५ सय रुपैयाँ प्रदान गर्न लागिएको हो ।

लकडाउन सफल पार्न ज्यालादारीमा आश्रित गरिब असहाय परिवारको लागि राहत घोषणा गरेको नगरप्रमुख रीनाकुमारी साहले बताइन् । नगरप्रमुख साहले कुनै पनि हालतमा नागरिकलाई भोकबाट मर्न नदिने जानकारी दिइन ।

अन्य स्थानीय तहहरु वेवास्ता गरेको आलोचना भइरहेको अवस्था मौलापुर नगरपालिकाको यो कदम सराहनीय रहेको भन्दै प्रसंशा भइरहेको छ । नगरवासीप्रति जिम्मेवार भइ सरकारको कदमलाई सघाउने मौलापुर नगरपालिकाले गरेको कार्य उदाहरणीय छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : १२ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले