धनगढी, सुर्खेत र विरानगरमा पुग्यो स्वास्थ्य सामग्री, अन्य ठाउँमा गाडीबाट पठाइँदै « Khabarhub

धनगढी, सुर्खेत र विरानगरमा पुग्यो स्वास्थ्य सामग्री, अन्य ठाउँमा गाडीबाट पठाइँदै


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनबाट ल्याएका स्वास्थ्य सामग्रीहरु प्रदेशहरु पु¥याउन थालिएको छ ।

अत्यावश्यक सामग्रीहरु सोमबार बिहानैदेखि नेपाली सेनाका स्काइ ट्रक (विमान)मार्फत ढुवानी गर्न थालिएको हो ।

सोमबार बिहान धनगढीका लागि उडेको सेनाको स्काइ ट्रक धनगढीमा ल्याण्ड नै नभइ फर्किएको थियो । विमानमा रहेको स्वास्थ्य सामग्रीमा एक प्रकारको गन्ध आएपछि चालक दलले विमान ल्याण्ड नगरी काठमाडौं फर्काएको थियो ।

तर, पछि गन्ध आउने चिज क्लोरिन रहेको पाइएपछि क्लोरिन निकालेर पुनः उडान गरिएको थियो । नेपाली सेनाले स्काइ ट्रकमार्फत सुदूरपश्चिमको धनगढी, कर्णालीको सुर्खेत र प्रदेश १ को विराटनगरमा स्वास्थ्य सामग्री ढुवानी गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र प्रसाद श्रेष्ठका अनुसार प्रदेश नम्बर २ को जनकपुर, बाग्मतीको हेटौंडा, गण्डकी प्रदेशको पोखरा र प्रदेश नम्बर ५ को बुटवलमा गाडीमार्फत स्वास्थ्य सामग्रीहरु ढुवानी गरिने छ ।

सरकारले सातै प्रदेशमा ल्याब संचालन गरेर त्यहिँ कोविड १९ को परीक्षण गर्ने तयारी समेत गरेको छ । प्रदेश स्तरमा रहेका अस्पतालहरुका ल्याव स्तरवृद्धि गरी संचालन सम्भाव्यताको लागि ल्याव विज्ञहरुको टोली पनि पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा खेम कार्कीले जानकारी दिए । प्रदेशका ल्यावको स्तर वृद्धी संगै चीनबाट ल्याइएका पोर्टेवल पीसीआर मेसिन पनि व्याकअपका लागि पठाइने उनले जानकारी दिए ।

प्रदेशहरुमा तत्कालका लागि पठाइएका सामाग्रीहरु;

व्यक्गित सुरुक्षा सामग्री (पीपीई)– १/१ हजार थान
सर्जीकल माक्स– १०/१० हजार थान
सर्जिकल ग्लोव्स (पञ्जा)– २/२ हजार थान
एन–९५ माक्स– १/१ हजार थान

अन्य स्वास्थ्य सामग्रीहरु भने क्रमश स्थलमार्गमार्फत पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : ४१ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य