यूट्वुबमा भिडियो चलेन, यसरी बनाउन सकिन्छ फास्ट (तरिकासहित) « Khabarhub

यूट्वुबमा भिडियो चलेन, यसरी बनाउन सकिन्छ फास्ट (तरिकासहित)


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक त भएको इन्टरनेटको गति नै सुस्त अर्कोतर्फ भिडियो हेर्न खोज्दा पनि यूट्वुबका भिडियो नचलेर तपाईं पक्कै पनि हैरान हुनुहुन्छ ।

भिडियो हेरिरहे पनि नेट स्लो भएर मजाले नचलेको पनि हुन सक्छ । भिडियो हेरिरहेको बेला कहिलेकाँही नेटवर्कको समस्या पनि हुन्छ, जसको कारण भिडियो राम्रोसँग चल्दैन र भिडियो बफरिङ्ग सुरु हुन्छ। तर यस्तो समस्या तपाईं आफैंले पनि हल गरेर समस्यारहित ढंगले भिडियो हेर्न सक्नुहुन्छ, जानिराख्नोस् यी तरिका ।

१. यूट्यूबको क्यास हटाउनुहोस्
२. भिडियो गुणस्तर बदल्नुहोस्

क्यास (cache) कसरी खाली गर्ने ?
१. पहिले तपाईंको फोन, ट्याब्लेट वा डेस्कटपमा क्रोम ब्राउजरमा जानुहोस्।
२. मेनू विकल्पमा दिइएका तीन लाइनहरूमा ट्याप गर्नुहोस्।
३. यस पछि, फोन हिस्ट्रिमा जानुहोस् र क्लियर ब्राउजिङ्ग डाटामा ट्याप गर्नुहोस्।
४. यदि तपाईँ डेस्कटपमा यूट्यूब चलाउनुहुन्छ भने मोर टूल्समा जानुहोस् र क्लियर ब्राउजिङ्ग डाटामा ट्याप गर्नुहोस्।
५. एन्ड्रोइड, म्याक र पीसी प्रयोगकर्ताहरूले डाटा मेटाउनको लागि समयको दायरा पनि चयन गर्न सक्दछन्। यद्यपि यो फिचर आईफोनहरूमा भने उपलब्ध छैन।
६. कुकीज एण्ड साइट डाटा र क्यास्ड इमेज एण्ड र फाइल्स विकल्प चयन गर्नुहोस्।
७ त्यसपछि क्लियर डाटामा क्लिक गर्नुहोस्।

यसरी बदल्नोस भिडियोको गुणस्तर
१. भिडियोको गुणस्तर परिवर्तन गर्न, यूट्यूब भिडियोको तल दायाँ वा माथि दायाँतिर दिईएको आइकनमा ट्याप गर्नुहोस्।
२.यहाँ तपाईँले भिडियोका लागि कम रिजोलुसन चयन गर्नुपर्नेछ। यो गरेपछि भिडियो पहिले भन्दा छिटो चल्नेछ।
३. यो सुविधा डेस्कटपको लागि उपलब्ध छैन।

यावत उपाय अबलम्वन गर्दा अब पक्कै पनि तपाईले यूट्वुबका भिडियो नचलेको समस्याबाट मुक्ति पाउँनुहुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : २० बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक