अमेरिकामा कोरोनाभाइरस संक्रमित एक नेपाली निको भएर घर फर्किए  « Khabarhub

अमेरिकामा कोरोनाभाइरस संक्रमित एक नेपाली निको भएर घर फर्किए 


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अमेरिका-  अमेरिकामा कोरोना भाइरस संक्रमित एक नेपाली निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालमा  भर्ना भएका उनी निको भएर आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

झण्डै एक साताको उपचारपछि भिडियोग्राफर शम्भु मोक्तान डिस्चार्ज भएका हुन् ।

मोक्तानले फेसबुक स्टाटसमा आफु जोखिम मुक्त भएको बताएका छन् । उनले आफ्नो स्वास्थ लाभ गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । साथै मोक्तानले आफ्ना अनुभवहरु अब अन्यलाई पनि शेयर गर्ने पनि जनाएका छन् ।

यस अघि उनले अस्पतालको शय्याबाट आफू कोरोना संक्रमित भएको खुलासा गर्दै अन्यलाई पनि रोग नलुकाउन र सतर्क रहन अपिल गरेका थिए ।

यो पनि पढौं

अमेरिकामा कोरोना संक्रमित मोक्तानले अस्पतालबाटै भने : ‘घरभित्रै बस्नुहोस्, दूरी कायम गर्नुहोस्’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ५९ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी