ललितपुर महानगरद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

ललितपुर महानगरद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले नियमित सेवासँगै कोरोना संक्रमित बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराइरहेको पाटन अस्पताललाई बिरामीको उपचार गर्दा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकालाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट प्राप्त भएका सामानमध्ये केही पाटन अस्पताललाई प्रदान गरेको हो ।  पाटन अस्पताललाई ‘पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट्स’ (पीपीई) दश थान , फ्लायर दश हजार थान , मास्क एक हजार थान, पन्जा पाँच सय जोडी , स्यानिटाइजर लगायतका सामान अस्पताल पुगेर दिएको महानगरपालिकाले जनाएको छ ।

सामान हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विषम परिस्थितिमा नियमित सेवासँगै कोरोना संक्रमित बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराएकोमा अस्पताल परिवारलाई धन्यवाद दिए ।

अस्पतालमा आबद्ध चिकित्सक, नर्स, चिकित्साकर्मी र बिरामीको सेवामा अहोरात्र खटिनु भएकासम्पूर्ण व्यक्तिहरुको योगदानको उनले प्रसंशा गरे । मुलुकलाई अप्ठ्यारो परेको बेला संयमतापूर्वक पूरा गरेको जिम्मेवारी र पेशाप्रतिको प्रतिबद्धता अतुलनीय भएको बताए ।

महानगर प्रमुख महर्जनले ललितपुर महानगरपालिका स्वास्थ्य क्षेत्रलाई अझै मजबुत बनाउन पाटन अस्पतालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पाटन स्वास्थ्य प्रतिष्ठानका उपकूलपति प्रा.डा. भरत यादवले बिरामीको उपचार गर्दा चिकित्सकलागि आवश्यक पर्ने सामान प्रदान गरेकोमा महानगरलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ४१ बजे

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले