सिप्यान अवार्डको पुरस्कार रकम ‘कोरोना राहत कोष’मा जम्मा गरिने « Khabarhub

सिप्यान अवार्डको पुरस्कार रकम ‘कोरोना राहत कोष’मा जम्मा गरिने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सीप्यान) ले आयोजना गर्ने सीप्यान क्रिकेट अवार्डको पुरस्कार रकम कोरोना राहत कोषलाई दिने निर्णय गरेको छ ।

सीप्यानले यस वर्षको अवार्डमा लागि लाग्ने सबै खर्च कोरोना राहतकोषमा दिने निर्णय गरको जानकारी दिएको हो ।

अवार्डका लागि मुख्य पाँच विधामा ४ लाख ६२ हजार रुपैयाँ बराबरको पुरस्कार रकम वितरण गर्ने तयारी गरेको थियो ।

कोरोनाका कारण स्थगित भएको अवार्ड कार्यक्रमको उक्त रकम सरकारी राहत कोषमा जम्मा गर्दै यो वर्ष अवार्ड प्रदान नगर्ने निर्णय विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

‘अहिलेको विषम परिस्थितिमा हामी सम्पूर्ण क्रिकेट खेलाडीहरु पनि संकटको रुपमा देखा परेको कोभिड १९ विरुद्वको राष्ट्रिय अभियानमा मुलुकलाई सहयोग गर्न प्रतिबद्व छौ,’ सीप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

दोस्रो संस्करणको सीप्यान क्रिकेट अवार्ड चैत २१ गते हुने तय थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : ३० बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण