कोरोना भाइरस : फुटबलको अन्तर्राष्ट्रिय क्यालेन्डर दुई वर्षभन्दा बढी प्रभावित हुने « Khabarhub

कोरोना भाइरस : फुटबलको अन्तर्राष्ट्रिय क्यालेन्डर दुई वर्षभन्दा बढी प्रभावित हुने


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड१९) ले अन्तराष्ट्रिय फुटबलको क्यालेन्डरमा दुई वा तीन वर्षसम्म असर गर्ने युईएफएका कार्यसमिति सदस्यले बताएका छन्।

झण्डै २ महिनादेखि फिफाका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन्। यहि कुरामा केन्द्रित भइ युईएफएका कार्यकारी समितिका सदस्य तथा युरोपियन लिगका अध्यक्ष लार्स क्रिस्टिन ओल्सनले अहिलेको अवस्था पर्ख र हेरको रहेको बताएका छन्।

यो महामारीले लामो समयसम्म असर गर्नेछ। कतारमा हुने तय भएको फिफा विश्वकप २०२२ सम्मलाई यसले प्रभावित पार्नेछ।

युईएफए अगस्टसम्म यो सिजनको च्याम्पियन्स लिग र युरोपा लिगको समापन गर्ने आाशामा छ। यसबारे निर्णय भने मे महिनाभित्रै हुने बताइएको छ।

युईएफएले यसबीचमा दुई वा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता पनि गर्ने योजना बनाइरहेको छ। उसले कम्तीमा युरो २०२० छनोट तथा नेसनल लिगका केही खेल गर्ने योजना बनाएको छ।

`जारी सिजन नसकिएसम्म नयाँ सिजन खेलाउने बारे कुनै योजना बनेको छैन,´ओल्सनले भने। कोरोना भाइरसकै कारण २०२० मा हुने तय भएको युरो कप २०२१ का लागि स्थगित भइसकेको छ।

ओलेसनलाई यसले अन्तर्राष्ट्रिय क्यालेन्डरमा पार्ने असरबारे गरिएको प्रश्नमा भन्छन्,` मलाई लाग्छ अबको दुई वा तीन वर्षसम्म यसले असर गर्छ।´

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ९ : ०७ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका