लकडाउनमा ३४ अन्तर्राष्ट्रिय उडान, साढे ४ हजार पर्यटक स्वदेश फर्के | Khabarhub Khabarhub

लकडाउनमा ३४ अन्तर्राष्ट्रिय उडान, साढे ४ हजार पर्यटक स्वदेश फर्के


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा हालसम्म नेपालबाट ३४ वटा अन्तर्राष्ट्रिय चाटर्ड उडान भएका छन् ।

विशेषगरी पूर्व जानकारीबिना गरिएको लकडाउनका कारण अलपत्र परेका विदेशी नागरिकलाई स्वदेश फर्काउन विभिन्न देशले चाटर्ड विमान नेपाल पठाएका थिए ।

नेपालमा गत चैत ११ गतेदेखि लकडाउन छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार चैत १४ गतेदेखि वैशाख १२ गतेसम्म ४ हजार ५३२ जना यात्रु विमानबाट नेपाल बाहिरिए । अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक लगाएपछि विदेशी पर्यटकहरू नेपालमा रोकिएका थिए ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बाहिरिनेहरूमा केही नेपाली पनि छन् । उनले भने, ‘ग्रीन कार्ड होल्डर केही व्यक्तिहरू अमेरिका र अष्ट्रेलिया उडेका छन् ।’

सामान्य अवस्थामा प्राधिकरण आफैँले चार्टर र उद्धार उडानको अनुमति दिने गरेको भए पनि लकडाउनको समयमा भने परराष्ट्र मन्त्रालयमार्फत अनुमति लिनुपर्ने व्यवस्था छ । गृह मन्त्रालय र पर्यटन मन्त्रालय हुँदै अनुमति प्राधिकरण पुग्नुपर्छ ।

सामान्य अवस्थामा आन्तरिक र वाह्य वायुसेवाका लागि नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले नै अनुमति दिने भए पनि लकडाउनको समयमा भने गृह मन्त्रालयको सहमति अनिवार्य गरिएको प्रवक्ता क्षेत्रीले बताए ।

कुन उडान कति ?

लकडाउनपछि नेपालबाट भएको चाटर्ड उडानमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित कार्गो, टाइटान, मेलिण्डो, श्री एयरलाइन्स, सुडान, बुद्ध, ड्रुक, रोयल र हिमालयन एयरलाइन्स गरी नौ वटा वायुसेवाले चाटर्ड उडान गरेका छन् ।

नेपालबाट विदेशी यात्रु लैजान सबैभन्दा बढी चाटर्ड उडान गर्नेमा कतार एवरवेज छ, जसले ९ वटा उडान गरेको छ ।

नेपाल वायु सेवा निगमले ५ वटा कार्गो चाटर्ड उडान गरेको छ । निगमले चीनमा मेडिकल सामग्री ल्याउन कार्गो चाटर्ड उडान गरेको हो ।

दुबईको सार्झाबाट १ र सिंगापुरबाट १ उडान भएका छन् । बेलायतबाट आएको टीटान एयरको ३, र दक्षिण कोरियाको कोरियन एयरले १ उडान गरेका छन् ।

इत्तिहाद, चेक रिपब्लिकन र सेजेक एअरवेजका १–१ जहाज यो अवधिमा उडेका छन् ।

त्यसैगरी मलेसियाको मेलिण्डो एयर १, श्री एयरलाइन्सको (सुडान र सिंगापुर) ३ चाटर्ड उडान गरेर नेपालबाट विदेशी यात्रु लगेको क्षेत्रीले खबरहबलाई जानकारी दिए । बुद्ध एयरको एक जहाज पनि ढाकाका लागि उडेका थियो ।

एयर अरेबियाको एक (कार्गो), त्यस्तै भुटानको ड्रुक एयर र रोयल फ्लाइट एयरका एक–एक उडान मस्कोको लागि भए ।

त्यस्तै अमेरिकाले आफ्ना नागरिकको लागि एउटा जहाज नेपाल पठाएको थियो । एउटा हिमालयन एयरलाइन्सको कार्गो (गुन्जवो) का लागि उडेको थियो ।

यसबीचमा विषेश गरी जर्मनी, फान्स, न्युजिल्याण्ड लगायत मलेशिया, श्रीलंका, माल्दिभ्स, रुस, चेक रिपक्लिकन, अमेरिका, बेलायतका नागरिक स्वदेश फर्किएका हुन् ।

रोकिएका विदेशी सुरक्षित छन् : पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरूलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर उडान गरी स्वदेश लगेका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा मार्च महिनासम्ममा हवाई मार्गबाट आएका र अध्यागमनको रेकर्डअनुसार स्वदेश फर्कन बाँकी विदेशीहरूको संख्या करीब १० हजार थियो ।

वैशाख १४ गतेसम्ममा विभिन्न देशका ४ हजार ५ सय नागरिक स्वदेश फर्केको बोर्डका सूचना अधिकारी सन्तोष पन्तले जानकारी दिए । विकासित देशहरूले आफ्ना नागरिक फिर्ता लगे पनि कतिपय देशका नागरिक अझैँ नेपालका विभिन्न गन्तव्य स्थानमा रहेका छन् ।

तीन दिनघि चीनका केही नागरिक स्वदेश फिर्ता गरिदिन माग गर्दै बोर्ड परिसरमा पुगेका थिए । चीनले नेपालबाट आफ्ना देशका नागरिकलाई फर्काएको छैन ।

‘अहिले जति पनि पर्यटकहरू नेपालभित्र छन्, उनीहरू पोखरा, चितवन काठमाडौँ लगायतका शहरमै छन्’ पन्तले खबरहबसँग भने, ‘उनीहरू सुरक्षित महसुस गरेर बसेका छन् ।’

त्यस्तै कतिपय विदेशी पर्यटक अन्नपूर्ण, सगरमाथा लगायतका क्षेत्रमा पदयात्राका क्रममा लकडाउनका कारण रोकिएका छन् । बोर्डले अलपत्र परेका र रोकिएका पर्यटकको खोजी तथा उद्धारका लागि अनलाइन सर्भे समेत गरिरहेको पन्तले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ११ : ०२ बजे

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र

चितवन निकुञ्जका जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन– जंगली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ ।

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

काठमाडौं- गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको

८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ, एकजनाको पेटमा भेटियो एक केजी २६० ग्राम

काठमाडौं- प्रहरीले युगान्डाबाट आएका दुईजना महिलालाई करिब ८ करोड रुपैयाँको

जलवायु परिवर्तनले निम्त्याएका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको