कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर मेसिन प्रयोगविहिन « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर मेसिन प्रयोगविहिन


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि जडान गरिएको पीसीआर मेसिन प्रयोगविहिन भएको छ ।

मेसिन जडान भए पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन नसकेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका निर्देशक मङ्गल रावलका अनुसार किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन ।

‘सरकारसँग किट माग गरिएको छ, आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएका छौँ, किट आउने वित्तिकै परीक्षण प्रारम्भ हुनेछ’, निर्देशक रावलले भने ।

उनका अनुसार केन्द्र सरकारसँग ५०० किट माग गरिएको छ । तत्काल दुइ/तीन सय किट आए पनि परीक्षण अघि बढ्ने उनले जानकारी दिए ।

पीसीआर मेसिनबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । अहिले दुइ जना ल्यावका कर्मचारी सुर्खेतमा छन् ।

उनीहरु सुर्खेतको पीसीआर मेसिन चलाउन सिकिरहेका छन् । किट आउने वित्तिकै उनीहरु जुम्लामा आएर परीक्षणको काममा लाग्ने  उनले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ११ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै