सहकारीले बेचिदियो काफल « Khabarhub

सहकारीले बेचिदियो काफल


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी –३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रुपमा टिपेर जम्मा गरेको काफल बजारसम्म बिक्रीको प्रबन्ध भने माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले मिलाएको छ ।

जंगलमा फलेको काफल टिपेर बजारमा बिकी्र गर्ने र चामल किन्नुपर्ने स्थानीवासीको बाध्यतालाई बुझेर सहकारीले काफल बिक्रीका लागि बजारसम्म पुर्‍याइदिएकामा निकै खुशी लागेको स्थानीयवासी तुलबहादुर घर्ती मगरले बताए । उनले भने, ‘बजारसम्म आफैं बोकेर बिक्री गरी फर्कँदा चामल किनेर ल्याउने गथ्र्यौँ, अहिले सहकारीले बिक्र गरिदियो ।’

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका समयमै काफल टिप्न नपाएर बोटबाटै झरेर सकिन्छ कि भन्ने स्थानीवासीलाई चिन्ता थियो ।

‘काफल बेचेरै जीविकोपार्जनका लागि अन्नको जोहो गर्ने कृषक चिन्तामा थिए, हामीले बजारसम्म लगेर बिक्री गरिदियौँ’, सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीले भने । सहकारीले कृषि ज्ञानकेन्द्र पाल्पासँगको समन्वयमा तानसेन लगेर बिक्री गरेको हो ।

गाउँपालिकाका झडेवा, ज्यामिरे, बक्सादी, कसेनी, सिकारकोटलगायत स्थानमा पर्याप्त काफल पाइन्छ । श्रम गरेर जीविकोपार्जन गर्नेहरु लकडाउनका बेला समस्यामा परेका बेला सहकारीले यसको व्यवस्थापन मिलाएको हो ।

प्रतिमाना रु एक सयका दरले काफल तथा सिप्लिकान, कर्कलो, भुटुक, कोइरालो, काँक्रो, गोलभेंडा, धनियाँलगायत तरकारी करीब रु एक लाख ५० हजार बराबरको बिक्री गरिएको सहकारीले जनाएको छ ।

यसअघि पाल्पाका विभिन्न स्थानसँगै छिमेकी जिल्ला रुपन्देहीसम्म काफल बिक्रीका लागि लैजानुपर्नेमा यस पटक सो बाध्यता हटेको छ । यसअघि लकडाउनका कारण प्राङ्गारिक तरकारी उपयोग गर्न नपाएका पाल्पाका उपभोक्ता गाउँमै उत्पादित तरकारी तथा काफल घरघरमै आइपुग्दा दङ्ग छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ११ : ३६ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६