खाडीका ६ देशमा कोरोना भाइरसले ३०७ को मृत्यु, ५४ हजारभन्दा बढी संक्रमित « Khabarhub

खाडीका ६ देशमा कोरोना भाइरसले ३०७ को मृत्यु, ५४ हजारभन्दा बढी संक्रमित


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३०७ जनाको मृत्यु भएको छ भने ५४ हजार बढी संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १५७ जनाको मृत्यु भएको छ । त्यहाँ २१ हजार ४०२ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ९८ जनाको मृत्यु भएको छ भने ११ हजार ९२९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत २४ जनाको मृत्यु भएको छ भने ३ हजार ७४० जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १०/१० जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश १२ हजार ५६४ र २ हजार २७४ संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ९२१ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १२ : ११ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज