‘अपहरण’ गर्ने विरुद्ध सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी « Khabarhub

‘अपहरण’ गर्ने विरुद्ध सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई अपहरण गरी महोत्तरीबाट काठमाडौं ल्याएको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध उनले आफूलाई अपहरण गरि काठमाडौं ल्याएको भन्दै आयोगमा निवेदन दिएका छन्।

बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन् ।

उनले आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेका छन् । ‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ आयोगमा दिएको निवेदनमा भनिएको छ ।

अपहरणमा संलग्न भएकाहरुलाई कारबाही गर्न उनले माग गरेका छन् । यादवले निवेदनमा उल्लेख गरेका छन् ,’सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ।’

तर बस्नेत र खनालले भने आफूहरु अपहरणका लागि नभइ यादवले बोलाएपछि उनको घर पुगेर काठमाडौं ल्याएको बताउदै आएका छन्।

आफूलाई अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ३ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै