लकडाउनका बेला पसल खोल्ने ७ जना व्यापारी पक्राउ « Khabarhub

लकडाउनका बेला पसल खोल्ने ७ जना व्यापारी पक्राउ


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– लकडाउनका समयमा पसल खोलेको कसूरमा दाङको तुलसीपुरबाट प्रहरीले बिहीबार ७ जना व्यापारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार अत्यावश्यक सेवाका पसल सञ्चालन गर्न भने पनि अन्य पसल पनि सञ्चालन गरिएपछि तिनका सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा फेन्सी, स्टेशनरी र जुत्ताका पसल सञ्चालक रहेको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । पटक पटक सम्झाउँदा पनि अटेर गरेपछि पक्राउ गरिएको र तिनलाई लकडाउन पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएपछि केही बेर इलाका प्रहरी कार्यालयमा राखेर छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ३ : १८ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको