कक्षा ८ को परीक्षाको नतिजा अनलाइनबाट सार्वजनिक « Khabarhub

कक्षा ८ को परीक्षाको नतिजा अनलाइनबाट सार्वजनिक


१८ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले लिएको नगरस्तरीय आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । लकडाउनलाई ध्यानमा राखी उपमहानगरपालिकाले अनलाइनबाट नतिजा सार्वजनिक गरिएको हो ।

कोरोना भाइरस संक्रमणका कारण निर्धारित समयभन्दा अगावै गत फागुन २८ गतेदेखि चैत ५ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । ३१ सामुदायिक विद्यालय र ५६ संस्थागत विद्यालय परीक्षामा समावेश भएका थिए ।

परीक्षा समितिका सदस्य सचिव चक्र भण्डारीका अनुसार सामुदायिकबाट १ हजार ९७३ र संस्थागतबाट २ हजार ६७ विद्यार्थी परीक्षामा सहभागी थिए । परीक्षामा २ हजार २३५ छात्रा र १ हजार ५ छात्र समावेश भएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ७ : १४ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा