ऋषि कपूरको अन्त्येष्टिमा २० जना सहभागी, लकडाउनका कारण रोकिइन् छोरी « Khabarhub

ऋषि कपूरको अन्त्येष्टिमा २० जना सहभागी, लकडाउनका कारण रोकिइन् छोरी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- चर्चित भारतीय अभिनेता ऋषि कपूरकोे अन्त्येष्टि गरिएको छ । मुम्बइको चन्दनवाडीस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

६७ वर्षका कपूरको विहीबार विहान पौने ९ बजे निधन भएको थियो । बुधवार स्वास्थ्यमा समस्या आएपछि मुम्बइको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

कपुर परिवारका तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा भनिएको थियो, ‘हाम्रा प्यारा ऋषि कपूरको ल्यूकेमियासँग दुई वर्षको युद्धपछि आज विहान ८: ४५ बजे अस्पतालमा निधन भएको हो ।’

अन्तिम संस्कारमा २० जना सहभागी भएका थिए । जसमा परिवारका सदस्य बाहेक अन्य केही नातेदार सहभागी थिए ।

अन्तिम संस्कारमा नीतू कपूर, रणबीर कपुरका अलावा सेफ अली खान, करीना कपुर, आलिया भट्ट, अभिषेक बच्चन उपस्थित थिए ।
ऋषिकी छोरी रिद्धिमा कपुर साहनी लकडाउनका कारण अन्तिम संस्कारमा उपस्थित हुन पाइनन् ।

ऋषि दिग्गज अभिनेता राज कपूरका दोस्रा छोरा थिए । ऋषिका भाइ रणधीर र राजीव कपुर तथा बहिनीहरु ऋतु नन्दा र रिमा जैन हुन् ।
ऋषिले सयौं फिल्म खेलेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ४४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक