कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, संविधान संशोधनबारे छलफल हुने « Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, संविधान संशोधनबारे छलफल हुने


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधान संशोधनमा आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले गत शुक्रबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकका विषयमा छलफल हुनेछ ।

भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, र कालापनी समेटेर सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि निसान छाप परिवर्तन गर्न भन्दै सरकारले गत शुक्रबार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो।

त्यसको पाँच दिनपछि गत बुधबार संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी थियो। तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय माग गरेका कारण संसदको कार्यसूचीमा चढेको संविधान संविधान संशोधन विधेयक अन्तिम समयमा कार्यसूचीबाट हटाइएको सत्तारूढ दलका नेताहरूले जनाउदै आएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ८ : १० बजे

डीपीलाई सभामुख बनाउँदै गर्दा स्वर्णिमले सम्झिए यी तीन पूर्वसभामुख

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबारको संसद् बैठकमा तीनजना पूर्वसभामुखहरूलाई सम्झिएका

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौं– ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र

नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद अर्याललाई ज्येष्ठ सदस्य

सभामुख बनेपछि डीपी अर्याल (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको

आर्सनललाई धक्का, च्याम्पियन्सिप क्लबसँग हार्दै एफए कपबाट बाहिरियो

लण्डन- इङ्ग्लिस एफए कपअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल च्याम्पियनसिप